काठमाडौं । गए राती नेपाल प्रहरी ले गुण्डा नाइके चक्रे मिलन सहित ४८ जनालाई पक्राउ गरेको छ । महाराजगन्ज स्थित साम्बला होटलको आठौँ तला र ठमेल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार पछिल्लो समय सामाजिक संजाल टिकटकमा उद्दण्ड दृश्यसहितका भिडिओ पोस्ट गर्न थालेपछि उनी माथी निगरानी बढाइएको थियो । चक्रेले हालै सार्वजनिक सडकनै अवरुद्द गरी कब्जा गरेको शैलीमा जन्मदिन्को केक काटेको भिडिओ टिकटकमा भाइरल भएको थियो ।
यस्तै चक्रेले Birthday rituals भन्दै पशुपतिमा पैसा बाढेको भिडिओ पनि पोस्ट गरेका थिए । प्रहरी बाहेकको स्रोतको दाबी अनुसार बिहिबार चक्रे मिलन सहितको टोली सुरुमा जन्मदिन मनाउन ठमेल पुगेको थियो । ठमेलको LOD क्लबमा आर्का गुन्डा नाइके दीपक मनाङ्गेको समुह पनि रहेको थाह पाएपछि मुठभेडको सम्भावना रहेको कारण उनीहरु महाराजगन्ज पुगेका थिए । महाराजगन्जबाट पुन ठमेल आउने तयारीमा रहेपछि मनाङ्गे र चक्रे मिलनको समुहको मुठभेड हुने सम्भावना रहेको कारण उनीहरु पक्राउमा परेका हुन् । स्रोतको यस दाबीलाई भने टेकमाकुराले स्वतन्त्र रुपमा भेरीफाइ गर्न सकेन । प्रहरीले पक्राउ प्रकरण बारे आधिकारिक सुचना सार्वजनिक गरिसकेको छैन ।
ठमेल क्षेत्र गुण्डा नाइके दीपक मनाङ्गेको प्रभाव क्षेत्र मानिन्छ भने चक्रपथ क्षेत्र चक्रे मिलनको प्रभाव क्षेत्र मानिन्छ ।