
काठमाडौं । चत्ग्प्ट प्रयोगकर्ताहरूलाई आफ्नो कुराकानी (चत्) अरूसँग साझा गर्न दिने र त्यसलाई अनलाइनमा सर्च गर्न मिल्ने बनाउने सुविधा हटाएको छ । Stack overflow जस्तै गरी, मानिसहरूले उपयोगी कुराकानीहरू सजिलै फेला पारून् र साझा ज्ञानमा पहुँच बढोस् भन्ने लक्ष्य सहित प्रयोगात्मक रुपमा सुरु गरिएको यो सुविधाको कारण गुगलमा गोप्य तथा संवेदनशिल च्याट पनि लिक भएको र सोही कारण गोपनियताको प्रश्न उठेपछि ओपन एआइले यस्तो निर्णय गरेको हो ।
हालै मात्र च्याट जिपिटिमा भएका च्याटहरु “site:chatgpt.com/share” जस्तो विशेष Google खोजी प्रयोग गर्दा सहजै फेला पार्न सकिने भन्दै ओपन एआइको चर्को आलोचना सुरु भएको थियो । यसरी प्राप्त हुने च्याटमा प्रयोगकर्ताको नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो ।
आलोचना पस्चात ओपन एआइले आफ्नो सुरक्षा फिचर प्रयाप्त नभएको स्विकार गर्दै प्रयोगकर्ताहरूले अन्जानमा आफूले चाहेका कुरा भन्दा बढी जानकारी साझा गर्ने धेरै अवसरहरू सिर्जना भएको कारण यो सुविधा हटाएको जनाएको छ । यस किसिमको समस्यामा पर्ने ओपन एआइ मात्र पहिलो कम्पनी भने होइन । यस अघि पनि गुगलको Bard AI र Meta AI जस्ता कम्पनीहरूमा पनि गोप्य कुराकानीहरू सार्वजनिक रूपमा सर्चमा देखिने समस्या देखा परिसकेको छ। यसले एआइ उध्योगमा गहिरो सुरक्षा चुनौतीलाई दर्शाएको विज्ञहरुले चेतावनी दिएका छन्, । व्यक्तिगत तहमा मात्र नभएर योजना बनाउन, विश्लेषण गर्न वा निजी डाटा व्यवस्थापन गर्न एआइको प्रयोग गरिरहेका व्यवसायिक प्रायोगकर्तालाई पनि यो च्याटलिक घटनाले सशंकित बनाएको छ ।