काठमाडौं । भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी ५ अर्ब ८५ करोड नेपाली रुपैयाँ बढिको चोरी भएको छ । भारतीय संचार माध्यमहरुले जनाए अनुसार गत शुक्रबार उक्त प्ल्याटफर्म ह्याक गरी सो रकम चोरी भएको हो । ह्याकरहरूले कोइन्ड्क्क्स को एउटा आन्तरिक खातामा पहुँच पुर्याएर उक्त रकम चोरी गरेको रिपोर्टहरुमा उल्लेख छ ।
कम्पनिले तरलता प्रावधानको लागि प्रयोग गर्ने खाताबाट उक्त रकम चोरी भएको हुनाले कुनै पनि प्रयोगकर्ताको रकम प्रभावित नभएको CoinDCX का सीईओ सुमित गुप्ताले जनाएका छन्, । CoinDCX ले आफ्नै “ट्रेजरी रिजर्भबाट” उक्त क्षति व्यहोर्ने जनाएको छ । अनचेन अनुसन्धानकर्ता ZachXBT का अनुसार यो घटनामा आक्रमणकारीको ठेगानालाई टोर्नाडो क्यास (Tornado Cash) बाट ईथर (ETH) प्राप्त भएको थियो र पछि चोरी भएको रकमको एक भाग सोलाना (Solana) बाट इथेरियम (Ethereum) मा सारिएको थियो ।