Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

५ जी सुरु गर्न प्रविधि मन्त्रीको निर्देशन

आँचल नेपाल by आँचल नेपाल
जुलाई 23, 2025
0
५ जी सुरु गर्न प्रविधि मन्त्रीको निर्देशन
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रत्येक घरसम्म फोरजी 4G सेवा पुर्‍याउने काम तीव्र रूपमा अघि बढाउनुका साथै 5G सुरुवातको कार्य तत्काल सुरू गर्न निर्देशन दिएका छन्।

मन्त्रालयमा गत मंगलबार आयोजित नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र नेपाल टेलिकमको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम तथा बजेटमाथिको छलफलका क्रममा मन्त्री गुरुङले इन्टरनेट र टेलिफोनमा समस्या हुँदा सरकारले निर्धारण गरेको डिजिटल फ्रेमवर्कका लक्ष्यहरू पूरा गर्न कठिनाई हुने र डिजिटल सुशासन कायम राख्न पनि चुनौतीहरू आउन सक्ने भएकाले दूरसञ्चारको विस्तारमा ढिलाइ नगर्न आग्रहगरेका छन्।

उनले हाइवेहरूमा देखिएको सञ्जाल अवरोध हटाउन नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र टेलिकमको ध्यानाकर्षण गराए। साथै, जनतालाई बढी आवश्यक पर्ने क्षेत्रमा सेवाको पहुँच विस्तारमा प्राथमिकता दिनुपर्ने उनले बताए।

पर्यटन प्रवर्द्धनमा इन्टरनेट र टेलिफोन जस्ता सेवा अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै उनले प्रमुख पर्यटकीय गन्तव्यहरूमा सेवा विस्तार प्रभावकारी बनाउन निर्देशन दिए। साथै, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत नेपाल टेलिकमको गतिविधि न्यून रहेको भन्दै त्यसको प्रचारप्रसार बढाउन आग्रह गरे।

सो अवसरमा सञ्चार सचिव राधिका अर्यालले सूचना प्रविधिको क्षेत्रमा इनोभेटिभ काम गर्दै आएका युवाहरूलाई प्रोत्साहित गर्ने खालको कार्ययोजना तयार गर्न एनटीएलाई निर्देशन दिइकी छन्।
एनटीए अध्यक्ष भूपेन्द्र भण्डारीले ५जी सेवा सञ्चालनको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै चाँडै नै बोलपत्र प्रक्रिया सुरू गरिने बताए।

त्यस्तै, नेपाल टेलिकमका कार्यवाहक प्रबन्ध निर्देशक सबिना मास्के (प्रधान) ले हाल फोरजी विस्तारको काम जारी रहेको र ५जी सेवा सुरू गर्न तयारी भइरहेको जानकारी दिइन्।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura