काठमाडौं। बलिउड अभिनेता धनुषले आफ्नो २०१३ मा रिलिज भएको सांस्कृतिक लोकप्रिय चलचित्र रांझणा को नयाँ एआई-सँशोधित क्लाइम्याक्समा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।
धनुषले आफ्नो सामाजिक सञ्जाल पोष्टमा लेखेका छन्, “एआईद्वारा परिवर्तन गरिएको क्लाइमेक्सको साथ ‘राँझना’ को पुन: रिलीजले मलाई निराश बनाएको छ। यो नयाँ क्लाइमेक्सले फिल्मको आत्मा खोसेको छ। मेरो स्पष्ट आपत्तिको बाबजुद सम्बन्धित पक्षहरूले यो गरे।”
उनले थप लेखेका छन्, “यो त्यो फिल्म होइन जुन मैले १२ वर्ष पहिले गर्न सहमत भएको थिएँ। फिल्म वा सामग्री परिवर्तन गर्न एआईको प्रयोग कला र कलाकार दुवैको लागि ठूलो चिन्ताको विषय हो। यो कथा कथनको कला र सिनेमाको विरासतको लागि ठूलो खतरा हो। मलाई आशा छ कि भविष्यमा यस्ता कार्यहरू रोक्न कडा नियमहरू बनाइनेछ।” यसअघि फिल्मका निर्देशक आनन्द एल रायले पनि फिल्मको क्लाइमेक्स परिवर्तन भएकोमा असन्तुष्टि व्यक्त गर्दै लामो पोस्ट सेयर गरेका थिए।
मूल क्लाइम्याक्स परिवर्तन के थियो?
२०१३ को रांझणाको क्लाइम्याक्समा, धनुषको पात्र कुन्दन अस्पतालमा मृत्यु हुन्छ—यो दृश्यले कथा र दर्शकमा गहिरो प्रभाव छाड्दछ। तर नयाँ एआई संस्करणमा कुन्दन जीवित रहन्छ र अस्प्तालमा आँखा खोलेर सुवासित भाव प्रकट गर्छ।
यो नयाँ ‘Happy Ending’ले फिल्मको भावनात्मक गहिराई, पात्र विकास र स्टोरीलाइनको असल अर्थ परिवर्तन गरेको आलोचना भइरहेको छ। डीरेक्टर आनंद एल राय र लेखक हिमांशु शर्मा समेतले यस कदमलाई बिना अनुमति गरिएको र सर्जनात्मक अधिकारको उल्लङ्घन भएको भन्दै विरोध जनाएका छन् ।