Writy.
बुधवार, जुलाई 23, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक गर्दै ‘UA Hackathon Nepal 2025’ सम्पन्न।

    Tech MaKura by Tech MaKura
    मे 21, 2025
    in इन्टरनेट
    0
    UA Hackathon Nepal
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    Table of Contents

    • Highlights of the UA Hackathon Nepal 2025


    काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अन्तर्राष्ट्रिय संस्था आईक्यान (ICANN) को सहकार्यमा शनिबार काठमाडौंमा आयोजना गरिएको ‘UA Hackathon Nepal 2025: Pioneering UA Ready Platforms’ कार्यक्रमले इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला चालेको हो ।

    कार्यक्रममा सार्वजनिक गरिएको ‘क्यान.संगठन’ वेबसाइटलाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक उपस्थितिको सुरुवातका रूपमा लिइएको छ । यसले सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

    You might also like

    बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !

    बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !

    जुलाई 22, 2025
    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    जुलाई 22, 2025

    युनिभर्सल एक्सेप्टेन्सको अवधारणा अनुसार कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र ईमेल ठेगाना स्वीकार गर्नुपर्ने हुन्छ । यस्तो प्रणालीलाई ‘UA-ready’ भनिन्छ । यसले स्थानीय भाषाभाषीहरूलाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्नेछ ।

    सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण हुने उल्लेख गर्दै यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गरिन् । उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।

    सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७०% नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन तथा ईमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए ।

    कार्यक्रममा युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिता सम्बन्धी सिफारिससँग मेल खाने र यसलाई नेपालमा लागू गर्न संस्था तयार रहेको जनाए ।

    क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै अघिल्लो दशकमा गरिएका कामहरू जस्तै नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माणको स्मरण गरिन् ।

    कार्यक्रम सूचना प्रविधि विभाग, नेपाल सरकार; युनेस्को; एपीएनआईसी; नेपाल इन्टरनेट एक्सचेन्ज; वर्ल्डलिंक कम्युनिकेसन्स (इन्टरनेट पार्टनर); माभोरियन सिस्टम; हिकोल कलेज; र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो । यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन सम्भावना दुबैमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।

    नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गरे । उनले .np डोमेनलाई नेपालीमै ल्याउने र रजिस्ट्री/रजिस्ट्रार मोडमा लैजानुपर्ने आवश्यकता औंल्याए ।

    कार्यक्रमका अन्य वक्ताहरूले भविष्यमा सरकारी तथा निजी वेबसाइटहरू नेपाली भाषामै उपलब्ध गराउने योजना रहेको जानकारी दिएन् ।

    UA Hackathon Nepal का टिम लिड बिबेक सिलवालका अनुसार, “हाम्रो उद्देश्य कार्यक्रममार्फत जनमानसमा यो सन्देश दिनु थियो कि वेबसाइटको सामग्री मात्र होइन, वेबसाइटसम्म पुग्न प्रयोग हुने डोमेन र किवर्डहरू पनि नेपाली भाषामै सम्भव छन्। यस वेबसाइटको सुरुवात नेपाली डोमेन नेम उद्योगका लागि एक महत्वपूर्ण माइलस्टोन हो। अब हामीले सरकार, विशेषगरी डोमेन सम्बन्धी विभागको नेतृत्वमा बहुपक्षीय मोडलमार्फत ‘ नेपाल’ डोमेनका लागि आवेदन दिनतर्फ अघि बढ्नुपर्छ। साथै, वेबसाइटको सुरुवातसँगै ह्याकाथनको आयोजना गर्नुले हालै युवालाई नेपाली डोमेन र ईमेल स्वीकार गर्न सक्षम प्रणालीको निर्माण प्रक्रिया बारेमा जानकारी दिने प्लेटफर्म पनि प्रदान गरेको छ ।”

    कार्यक्रम दुई सत्र मा सम्पन्न भएको थियो। पहिलो सत्रमा करिब १०० जना सहभागी भएका थिए, जसमा आम सरोकारवाला, नीति निर्माताहरू, र प्रविधिमा चासो राख्ने सहभागीहरूको सहभागिता थियो। कार्यक्रम क्यान महासंघको वेबसाइटमार्फत प्रत्यक्ष प्रशारण (live streaming) समेत गरिएको थियो र Zoom मार्फत ५० जना अनलाइन सहभागी भएका थिए  कार्यक्रम को एक मुख्य अंशको रूपमा UA Hackathon सत्र सञ्चालन गरिएको थियो, जसमा करिब ४० जना युवाहरू सहभागी थिए । कार्यशालामा सहभागीहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण र प्रणालीले त्यसलाई कसरी स्वीकार गर्छ भन्नेबारे अभ्यास गरेका थिए । 

    कार्यक्रमका समन्वयक तथा क्यान महसंघका प्रबन्धक उदिप बरालले पनि कार्यक्रममा सफलता हासिल भएकोमा सन्तोष व्यक्त गर्दै भने, “हामीले कार्यक्रमको उद्देश्य प्राप्त गर्न सफल भएका छौँ । ICANN, UNESCO र APNIC जस्ता अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीले कार्यक्रमको प्रभाव र पहुँचलाई अझ विशाल बनाएको छ र मलाई खुसी लागेको छ कि हामीले यस्तो प्रयास गर्न सक्यौँ ।”

    Highlights of the UA Hackathon Nepal 2025

    कार्यक्रममा सहभागीहरूलाई स्थानीय भाषामा डोमेन र ईमेल बनाउने तरिका, प्लेटफर्महरूलाई कसरी यूए-रेडी बनाउने भन्ने विषयमा तालिम दिइएको थियो । यो पहलले भविष्यमा सरकारी तथा निजी संस्थाका वेबसाइटहरू पनि नेपाली भाषामै उपलब्ध गराउने सम्भावनालाई बलियो बनाएको क्यान महासंघले बताएको छ । 

    “UA Hackathon Nepal 2025 मार्फत नेपाली भाषामा डोमेनयुक्त वेबसाइट सार्वजनिक हुनु ऐतिहासिक उपलब्धि हो। यो केवल प्रविधिमा प्रगति मात्र होइन, हाम्रो मातृभाषालाई डिजिटल पहिचान दिलाउने महत्त्वपूर्ण कदम पनि हो। डोमेन र इमेलहरू अब नेपाली भाषामै सम्भव हुनु डिजिटल समावेशिता र भाषिक विविधताको सम्मान तर्फको दिशामा साहसी पहल हो।” चिरञ्जीवी अधिकारी, वरिष्ठ उपाध्यक्ष, क्यान महासंघ

    कार्यक्रम सूचना प्रविधि विभाग (नेपाल सरकार); युनेस्को; एपीएनआईसी; नेपाल इन्टरनेट एक्सचेन्ज; वर्ल्डलिंक कम्युनिकेसन्स; माभोरियन सिस्टम; हिकोल कलेज; र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो । यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन सम्भावना दुबैमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।

    Tags: Domain in Nepali languageInternetnepali domainUA Hackathon Nepal 2025
    Tech MaKura

    Tech MaKura

    Related Stories

    बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !

    बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !

    by Tech MaKura
    जुलाई 22, 2025
    0

    नेपाल प्रहरीले समयसमयमा बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का कारण प्रभावित सडकहरूको स्थिति सार्वजनिक गर्दै आएको छ।

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    by Tech MaKura
    जुलाई 22, 2025
    0

    काठमाडौं । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र दाङको सरकारी वेबसाइट ह्याक  भएको छ । डिकु नामक ह्याकरले उक्त...

    गुगल म्यापमा धरहरा लेख्दा सेतो टावर कसरी देखियो ?

    गुगल म्यापमा धरहरा लेख्दा सेतो टावर कसरी देखियो ?

    by Aanchal Nepal
    जुलाई 22, 2025
    0

    गुगल म्यापमा कुनै पनि प्रयोगकर्ताले लोकेसन चयन गरी “Suggest an edit” विकल्पमार्फत नाम, ठेगाना, वर्गीकरण लगायतका विवरण परिवर्तनका लागि प्रस्ताव...

    fake image

    पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

    by Tech MaKura
    जुलाई 16, 2025
    0

    काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा छिमेकी मुलुक भारत कि एक इन्स्टाग्राम  इन्फ्लुएन्सर अर्चिता  फुकानको तस्विर भाइरल भइरहेको छ । Adult film इन्डस्टृकी...

    Popular News

    • एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

      एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

      0 shares
      Share 0 Tweet 0
    • बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !

      0 shares
      Share 0 Tweet 0
    • भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

      0 shares
      Share 0 Tweet 0
    • गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी

      0 shares
      Share 0 Tweet 0
    • माइक्रोसफ्टले गर्‍यो सर्तकता अपनाउन आह्वान: शेयरप्वाइन्ट सर्भरमा आक्रमणको सम्भावना !

      0 shares
      Share 0 Tweet 0

    Recommended

    chatgpt plus free

    CHATGPT Plus अब दुबईमा नि:शुल्क ! किन र कसरी ?

    2 महिना ago
    QR देखि हस्तलिखित नोटसम्म, Google Lens लाई नै दिने कि सब थोक पढ्ने जिम्मा ?

    QR देखि हस्तलिखित नोटसम्म, Google Lens लाई नै दिने कि सब थोक पढ्ने जिम्मा ?

    3 महिना ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura