काठमाडौं । धेरै काममा PDF फाइललाई Word फाइलमा रूपान्तरण गर्न आवश्यक पर्दछ—जस्तै, अनलाइन फारम भर्न, रिपोर्ट तयार पार्न वा कागजात सम्पादन गर्न। तर धेरै प्रयोगकर्ताले यसको लागि महँगो सफ्टवेयर किन्ने वा झन्झटिलो प्रक्रिया अपनाउने गरेका छन्।
तर अब त्यस्तो झन्झट लिन आवश्यक छैन। केही निःशुल्क, सुरक्षित र प्रयोगमैत्री अनलाइन टूलहरूको प्रयोग गरेर कुनै सफ्टवेयर डाउनलोड नगरीकनै सजिलै पीडीएफलाई वर्ड फाइलमा रूपान्तरण गर्न सकिन्छ। यहाँ तीन लोकप्रिय अनलाइन टूल प्रस्तुत गरिएको छः
१. Adobe Acrobat Online
२. iLovePDF
३.CleverPDF
यी सबै अनलाइन टूलहरू निःशुल्क, सुरक्षित र सजिलो छन्। प्रयोगकर्ताले कुनै सफ्टवेयर इन्स्टल गर्नुपर्ने झन्झट बिना नै, ब्राउजरबाटै PDF फाइल अपलोड गरेर केही सेकेन्डमै वर्ड फाइल पाउन सक्छन्।