Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

गाडीसँगै बात गर्दै यात्रामा सरर ? एलन मस्कको ग्रोक एआइ अब टेस्लामा पनि !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 11, 2025
0
गाडीसँगै  बात गर्दै  यात्रामा सरर ? एलन मस्कको ग्रोक एआइ अब टेस्लामा पनि !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । विश्व धनाड्य व्यक्ति तथा टेस्लाका संस्थापक एलन मस्कले अब छिट्टै टेस्लामा एआइ च्याट बट ग्रोक जडान गर्ने घोषणा गरेका छन् । मस्कले आफ्नै सामाजिक संजाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् । “ग्रोक टेस्ला गाडीहरूमा धेरै चाँडै आउँदैछ। धेरै ढिलोमा अर्को हप्तासम्म” एक्समा उनले लेखेका छन्।

हालै मात्र यहूदी-विरोधी र हिंसात्मक पोस्टहरू फैलाएको भन्दै विवादमा आएको ग्रोकलाई टेस्लामा जडान गर्ने मस्कको घोषणा हाल विश्वभर चर्चाको विषय बनेको छ ।
ग्रोक टेस्ला गाडीहरूमा कसरी प्रयोग गरिनेछ भन्नेबारे हाल जानकारी नभए पनि, केही ‘सुपरफ्यान’हरूले यसलाई भ्वाइस कमाण्डलाई अझ राम्रो बनाउन र पर्सनलाईज्ड अनुभुती प्रदान गर्न यसको प्रयोग हुन सक्ने अनुमान गरेका छन् । मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी xAI ले ग्रोकको पछिल्लो संस्करण, ग्रोक ४, बुधबार सार्वजनिक गरेको थियो।

कम्पनीले यसलाई “विश्वको सबैभन्दा स्मार्ट एआई” र “विश्वको सबैभन्दा शक्तिशाली एआई सहायक” भनेर दाबी गरेको छ। ग्रोक हाल मस्कले सन् २०२२ मा अधिग्रहण गरेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उपलब्ध छ। xAI ले यसको बोट शैक्षिक परीक्षणहरूमा, विशेष गरी गणित, विज्ञान र भाषाविज्ञान सम्बन्धी प्रश्नहरूमा अविश्वसनीय रूपमा निपुण रहेको दाबी गर्दै आएको छ । यधप्पी ग्रोक पछिल्लो समय एडोल्फ हिटलरको प्रशंसा गर्ने , यहूदी-विरोधी घृणा फैलाउने र “निश्चित थर” भएका मानिसहरूलाई उनीहरूको अधिकारबाट वञ्चित गरी समाप्त गर्नुपर्ने लगायतका अभिव्यक्तिका कारण विवादमा तानिएको थियो ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura