Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

फेरी तुहियो एलन मस्कको मंगलग्रह पुग्ने सपना !

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 24, 2025
0
Elon Musk Mars Dream Faces Setback with Starship Failure
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । विश्व धनाड्य व्यक्ती तथा स्पेसएक्सका संस्थापक एलन मस्कको मानव जातिलाई मंगलग्रह सम्मको बाटो खोल्ने महत्वकांक्षी सपना तेस्रो पटक पनि असफल भएको छ । स्पेसएक्सको महत्त्वाकांक्षी ‘स्टारशिप’ रकेटको तेस्रो उडान मंगलबार राती विफल भएसँगै एलन मस्कको महत्वकांक्षी सपना अधुरै रहेको हो । अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा प्रकाशित रिपोर्टहरुका अनुसार टेक्ससको स्टारबेसबाट मंगलबार साँझ (नेपाली समय अनुसार बुधबार बिहान ५:१५) प्रक्षेपण गरिएको १२२ मिटर अग्लो र ४००-फुट लामो यो रकेट उडानको ४७ मिनेट पछि “र्‍यापिड अनसकेड्युलेड डिसअसेम्बली” अर्थात् आकस्मिक विघटन भएको पुष्टि भएको थियो । रिपोर्टका अनुसार प्रक्षेपणस्थलबाट उडेपछि ‘सुपर हेभी बूस्टर (Super Heavy Booster)’ ले माथिल्ला चरणलाई पृथ्वीको उपकक्षीय मार्गमा पुर्याएको थियो । यधप्पी इन्जिन बन्द भएको केहि मिनेटमै रकेटभित्र इन्धन चुहावट देखियो र रकेट हल्का घुम्न थाल्यो । यस्तो अवस्था सिर्जाना हुनासाथ कम्पनीका वेबकास्ट होस्ट डेन् हुटले “हामीले दृष्टि नियन्त्रण (Attitude Control) गुमाएका छौं” भनी प्रत्यक्ष प्रसारणमै जानकारी गराएका थिए । स्पेसएक्सले उडानपछि केही नक्कली स्याटलाइट छोड्ने योजना पनि बनाएको थियो तर रकेटको ढोका पूर्ण रूपमा नखुलेपछि त्यो योजना पनि विफल हुन भयो । उडान असफल भए पछि एलन मस्कले सामाजिक संजाल एक्स मार्फत मुख्य ट्याङ्कको दबाब घटेको” र चुहावटले पुनःप्रवेश प्रक्रियामा खराबी ल्याएको जानकारी गराएका छन्, ।


उनले आगामी तीन उडान “३–४ साताको अन्तरालमा” गर्ने घोषणा गर्दै “थुप्रै सहयोगी डाटा हात लागेको” दाबी समेत गरेका छन्, । स्पेसएक्सले अब इन्धन प्रणालीमा सुधार, Payload Bay Door र हीट-शील्ड टाइलहरूको परीक्षणलाई प्राथमिकता दिने बताएको छ । यधप्पी स्पेसएक्सको “मल्टिप्लानेटरी” सपना कहिले पुरा हुन्छ भन्ने अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन । स्टारशिप यसअघि जनवरी र मार्च २०२५ का परीक्षणहरूमा पनि विस्फोट भएको थियो । यसपटकको परीक्षणमा पहिले जस्तै ‘चपस्टिक’ नामक उपकरण प्रयोग गरेर बुस्टर समात्ने योजना नभएको र बुस्टरसँग सम्पर्क गुमेपछि त्यो पनि टुक्रिएर गल्फ अफ मेक्सिकोमा खसेको कारण स्टार्शिपले अहिले थप क्षति व्यहोर्न परेको रिपोर्टमा उल्लेख छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Data analyst course
फिचर्ड

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

सेप्टेम्बर 2, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura