Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

बजेटले इभिको मुल्य बढाउने प्रबल सम्भावना, कुन- इभिमा छन्, के – प्रि-बजेट योजना ?

टेकमाकुरा by टेकमाकुरा
मे 23, 2025
0
a car with a blue hose
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । आगामि आर्थिक वर्षको बजेट  सार्वजनिक हुने समय नजिकिँदै जाँदा  इलेक्ट्रिक सवारीमा कर वृद्धिको चर्चा व्यापक हुन थालेको छ । सरकारले इभी र आसिइ गाडिहरुको लागि समान रणनितिको अवधारणा अघि सार्न थालेको जानकारवालाहरुको दाबी ले गर्दा नेपालमा अब इभी गाडी को कर बढ्ने अनुमान गरिएको हो ।  यही हल्लाको पराकम्पन स्वरुप हाल नेपालको विभिन्न नाका, चोभार सुक्खा बन्दरगाह लगायतका नाकाहरु  इभी गाडिले भरिएका छन्,  भने आम मानिसहरुमा पनि सोही  मानसिकता व्याप्त  हुनाले इभी वितरकहरुले पनि धमाधम प्रि-बजेट योजना सार्वजनिक गरिरहेका छन् । 
यी अफरअन्तर्गत विभिन्न मोडलमा नगद छुट, निःशुल्क बीमा, रोड कर माफी, एक्सचेन्ज बोनस र उपहारका कार्यक्रम राखिएका छन्। यसअघि सार्वजनिक योजनाहरूका अनुसार प्रमुख ब्रान्ड/वितरकहरूले निम्नलिखित प्रि–बजेट प्रस्तावहरू घोषणा गरेका छन्:

  • हुन्डाई (लक्ष्मी इन्टरकन्टिनेन्टल): कम्पनीले कोना इलेक्ट्रिक, आयोनिक-५ र क्रेटा इलेक्ट्रिक तीन मोडलमा विशेष प्रि–बजेट अफर राखेको छ। यस अन्तर्गत यी मोडलहरूमा आकर्षक नगद छुटसहित एक वर्ष निःशुल्क बीमा र सवारी साधनको सडक कर निःशुल्क उपलब्ध गराइनेछ .  अफर २०८२ जेठ ५ गतेदेखि १४ गतेसम्म सीमित अवधिका लागि लागू हुने जनाइएको छ।
  • ओमोडा र जेको (SPG अटोमोबाइल्स): ओमोडा ई–५ र जेको जे–६ मोडल खरिद गर्ने ग्राहकका लागि एसपीजीले “स्विच एण्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर” शुरु गरेको छ। यो योजनामा एक वर्ष निःशुल्क बीमा, सात किलोवाट क्षमता भएको वाल चार्जर र ८ वर्ष/१,६०,००० किमी सम्म ब्याट्री तथा मोटरको वारेन्टी   दिइनेछ। साथै ग्राहकले बैंकबाट ८०% सम्म कर्जा सुविधा लिन सक्ने व्यवस्था छ। डेलिभरी जेठ ३१ अगाडि सुनिश्चित गर्ने ग्राहकहरूका लागि विशेष प्रोत्साहनहरू समेत समावेश छन्, । जस अन्तर्गत   – एउटा जोडी ग्राहकले चीन भ्रमण, अर्को ग्राहकले आइफोन १६ प्रो पाउने भएका छन् भने पाँच जोडीलाई लग्जरी होटेलमा निशुल्क बसाइको उपहार र दुई ग्राहकलाई १२ महिना ब्याजमुक्त वित्तिय सुविधा दिइनेछ।
  • दीपल (एमडब्लु वृद्धि अटोकर्प): दीपलका एस०७, एस०७एल, एल०७ र ई०७ मोडलहरूमा ‘अनमिसेबल प्रि–बजेट अफर’ लागू गरिएको छ। यस योजनामा ग्राहकले अहिलेसम्मकै उत्कृष्ट नगद छुट र पुरानो गाडी एक्सचेन्ज गर्दा अतिरिक्त बोनस पाउनेछन्। साथै  २०८२/८३ को रोड ट्याक्स कम्पनीले व्यहोर्ने व्यवस्था गरिएको छ र Comprehensive अटो प्लस बीमा १ वर्षका लागि निःशुल्क उपलब्ध गराइनेछ। वित्तीय सहुलियतका रूपमा मात्र २०% डाउनपेमेन्टमा ८.९९% ब्याजदरमा लोन सुविधा र निःशुल्क ७ किलोवाट वाल चार्जर तथा ३ किलोवाट ट्राभल चार्जर उपलब्ध गराइएको छ। यो अफर बैशाख १० गतेदेखि ४५ दिनसम्म मान्य रहने बताइएको छ ।
ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
EV car myth
इभी

५ – ८ वर्षमा EV को ब्याट्री काम नलाग्ने हुन्छ ? के भन्छ अध्ययन ?

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura