Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

डिभोर्स पछि एलिना चौहानका पूर्वपतिको फेसबुक मार्फत स्पष्टिकरण: मानहानीको कानुनी उपचार खोज्दै छु ।

टेकमाकुरा by टेकमाकुरा
जुलाई 20, 2025
0
डिभोर्स पछि एलिना चौहानका पूर्वपतिको फेसबुक मार्फत स्पष्टिकरण: मानहानीको कानुनी उपचार खोज्दै छु ।
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — गायिका एलिना चौहानसँगको सम्बन्धविच्छेदपछि सार्वजनिक रुपमा पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्दै विष्णु सापकोटाले सामाजिक सञ्जालबाट भइरहेको चरित्र हत्या र मानसिक पीडाविरुद्ध कानुनी उपचार खोजिरहेको स्पष्ट पारेका छन्।

सापकोटाले टिकटकलगायत डिजिटल प्लेटफर्महरूमा डिभोर्ससँग जोडेर बनाइएका भिडिओ, अमर्यादित टिप्पणी र गलत प्रचारले आफ्नो व्यक्तिगत जीवन, परिवार र सामाजिक प्रतिष्ठामा गम्भीर असर पारेको जनाएका छन्।

“सम्बन्धविच्छेद आपसी समझदारीमा भएको हो, र अदालतको निर्णयपछि पुनः यसबारे सार्वजनिक बहस गर्नु न्यायको अपमान हो,” उनले सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा उल्लेख गरेका छन्।

साथै उनले आफूले अस्ट्रेलियामा मानहानीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। उनका अनुसार पछिल्ला केही महिना यता सामाजिक सञ्जालमा लगातार आफूविरुद्ध हुने आधारहीन आक्षेप, धम्कीपूर्ण सन्देश र सार्वजनिक चरित्र हत्या गर्ने प्रयासहरूले उनलाई गम्भीर मानसिक तनावमा पारेको छ।

सापकोटाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित रहन आग्रह गर्दै, व्यक्तिगत जीवनको सम्मान गर्न र कानुनी मार्ग रोज्नुपर्ने अवस्था आउन नदिन सतर्क रहन अपिल समेत गरेका छन्।

“मौन बसेको मतलब कमजोर छु भन्ने होइन,” उनले लेखेका छन्, “कानुन सबैका लागि बराबर हो र म त्यसैको सहारा लिँदैछु।” ।

यो घटनाले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले कसरी कसैको व्यक्तिगत र व्यावसायिक छविमा गहिरो चोट पुर्‍याउन सक्छ भन्ने कुरामा गम्भीर प्रश्न उठाएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura