Writy.
बिहिवार, जुलाई 17, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    मेटाले फेसबुकमा नक्कल सामग्रीविरुद्ध निगरानी कडा पार्दै, करोडौं नक्कली अकाउन्ट हटाइयो

    Tech MaKura by Tech MaKura
    जुलाई 15, 2025
    in इन्टरनेट
    0
    mark zukerberg

    mark zukerberg

    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    You might also like

    fake image

    पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

    जुलाई 16, 2025
    cyber

    अमेरिकाको आक्रामक साइबर रणनीति : एक अर्ब डलरको लगानीसँगै उठेका आशंका र चुनौतीहरू ।

    जुलाई 15, 2025

    काठमाडौँ ।विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो प्लेटफर्ममा नक्कल र गैर-मौलिक सामग्री पोस्ट गर्ने अकाउन्टहरू विरुद्ध निगरानी कडा गर्ने घोषणा गरेको छ।
    युट्युबले दोहोरिएका र ठुलो मात्रामा उत्पादित सामग्रीविरुद्ध नयाँ नीति लागू गरेसँगै, मेटाले पनि आफ्नो प्लेटफर्ममा मौलिकता सुनिश्चित गर्न रणनीतिक कदम अघि सारेको हो।
    कम्पनीका अनुसार, यस वर्षमात्रै ठूला कन्टेन्ट क्रियटरहरूका नाममा बनाइएका १ करोड नक्कली अकाउन्ट हटाइसकिएको छ। यस्तै, स्पाम गतिविधि तथा कृत्रिम रूपमा इन्गेजमेन्ट बढाउने प्रयत्नमा संलग्न ५ लाख अकाउन्टमाथि पनि कारबाही गरिएको छ।
    कारबाहीमा ती अकाउन्टहरूका सामग्रीको वितरण घटाउने, कमेन्टहरूलाई निरुत्साहित गर्ने र आम्दानीको पहुँच रोक्नेजस्ता उपायहरू अपनाइएको मेटाले जनाएको छ। कम्पनीको प्राथमिकता अरूको सामग्री जस्ताको तस्तै पुनः पोस्ट गर्ने वा मौलिक स्रष्टाहरूको नक्कल गर्ने प्रवृत्तिविरुद्ध केन्द्रित हुने बताइएको छ।
    मेटाका अनुसार, बारम्बार यस्ता नीतिविपरीत कार्य गर्ने अकाउन्टहरूले फेसबुकको मनिटाइजेसन कार्यक्रममा सहभागिता गुमाउनेछन्, साथै उनीहरूको सामग्रीको वितरण पनि न्यून हुनेछ।
    यी नीतिहरू क्रमिक रूपमा लागू हुने मेटाको भनाइ छ, जसले गर्दा क्रियटरहरूले आवश्यक समायोजन गर्न सकून्। यदि कुनै क्रियटरलाई सामग्री वितरणमा कमी देखिएमा, फेसबुकको प्रोफेसनल ड्याशबोर्डमा गएर नयाँ पोस्ट-लेभल इनसाइट्समार्फत कारण पत्ता लगाउन सक्नेछन्। त्यस्तै, पेज वा प्रोफेसनल प्रोफाइलको सपोर्ट होम स्क्रिनबाट सामग्री सिफारिस तथा मनिटाइजेसन पेनाल्टीको जोखिममा आफू परेका छन् कि छैनन् भन्ने अवस्था पनि हेर्न सकिनेछ।
    मेटाले हरेक त्रैमासिकमा सार्वजनिक गर्ने ट्रान्सपरेन्सी रिपोर्टमार्फत प्लेटफर्ममा गरिएका कारबाहीहरूको विवरण प्रस्तुत गर्दै आएको छ। पछिल्लो रिपोर्ट अनुसार, फेसबुकका मासिक सक्रिय प्रयोगकर्तामध्ये झण्डै ३ प्रतिशत प्रयोगकर्ता फेक अकाउन्ट भएको मेटाले जनाएको छ।
    २०२५ जनवरीदेखि मार्च महिनासम्म मात्र १ अर्ब नक्कली अकाउन्टहरूमा कारबाही गरिसकिएको तथ्याङ्क मेटाले सार्वजनिक गरेको छ।
    फेसबुकमा मौलिकता र सत्यतामा आधारित सामग्री प्रवाह सुनिश्चित गर्न मेटाको यो कदम सामाजिक सञ्जाल प्रयोगकर्ताहरू तथा डिजिटल स्रष्टाहरूका लागि महत्त्वपूर्ण सावधानी संकेतका रूपमा आएको विश्लेषकहरू बताउँछन्।

    Tags: featured tag
    Tech MaKura

    Tech MaKura

    Related Stories

    fake image

    पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

    by Tech MaKura
    जुलाई 16, 2025
    0

    काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा छिमेकी मुलुक भारत कि एक इन्स्टाग्राम  इन्फ्लुएन्सर अर्चिता  फुकानको तस्विर भाइरल भइरहेको छ । Adult film इन्डस्टृकी...

    cyber

    अमेरिकाको आक्रामक साइबर रणनीति : एक अर्ब डलरको लगानीसँगै उठेका आशंका र चुनौतीहरू ।

    by Tech MaKura
    जुलाई 15, 2025
    0

    चीनसँगको बढ्दो तनाव, रणनीतिक प्रतिस्पर्धा र भू-राजनीतिक असमझदारीबीच आएको यो निर्णयले अमेरिकी साइबर रणनीतिलाई एक किसिमको "साइबर युद्ध पूर्व तयारी"...

    ko oli

    फेसबुकबाट प्रचण्डलाई ओलीको कटाक्ष :  प्यारापिट र फ्लडलाइट हेर्न कीर्तिपुरको जानुस् !

    by Tech MaKura
    जुलाई 14, 2025
    0

    प्रचण्ड प्रधानमन्त्री हुँदा वाचा, संकल्प काम केहि नगरेको तर आफुले भने समय तोकेरनै काम गर्छु भनेको ओलीको भनाई रहेको छ

    अडियो प्रकरण बारे मन्त्री गुप्ता: प्रविधिको दुरुपयोग गरेर बनाइएको नक्कली अडियो हो।

    अडियो प्रकरण बारे मन्त्री गुप्ता: प्रविधिको दुरुपयोग गरेर बनाइएको नक्कली अडियो हो।

    by Aanchal Nepal
    जुलाई 14, 2025
    0

    “म त्यो अडियो मेरो हो भन्ने प्रमाण दिनुस्, म तुरुन्तै राजीनामा दिन्छु । प्रमाणित भयो भने नागरिकता त्यागेर देशै छाड्छु,”...

    Popular News

    • मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

      मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

      0 shares
      Share 0 Tweet 0
    • खल्ती र आइएमई पे एकीकृत, यसरी गर्नुहोस्, एकाउन्ट लिङ्क !

      0 shares
      Share 0 Tweet 0
    • पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

      0 shares
      Share 0 Tweet 0
    • एआइ प्रविधिको बढ्दो प्रभाव : मान्छे पनि  ChatGPT कै शैली मा बोल्न थालेको अध्ययनको खुलासा ! 

      0 shares
      Share 0 Tweet 0
    • अमेरिकाको आक्रामक साइबर रणनीति : एक अर्ब डलरको लगानीसँगै उठेका आशंका र चुनौतीहरू ।

      0 shares
      Share 0 Tweet 0

    Recommended

    फोन हरायो? तपाईंले तुरुन्तै गर्नु पर्ने ५ काम (नत्र ठूलो झन्झट!)

    फोन हरायो? तपाईंले तुरुन्तै गर्नु पर्ने ५ काम (नत्र ठूलो झन्झट!)

    5 महिना ago
    Sabina Kafle responds to Balen Shah controversy

    मेयर पत्नी सबिनाको व्यंग्य पार्टीको नाम र नम्बर कमेन्ट गर्नुहोस्, म ‘कन्टेन्ट ‘ दिन्छु  ।

    2 महिना ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • Home
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • फ्याक्ट चेक
    • इन्टरनेट
    • एआइ
    • ई-स्पोर्ट
    • ग्याजेट्स

    © 2025 Tech MaKura