काठमाडौं । कुराको सुरुवात गरौँ , स्मार्ट फोन र यि स्मार्ट फोनलाई बेच्न अपन्याइने मार्केटिङ टेकनिकबाट !हजुरहरुलाई याद होला केहि वर्ष अगाडि स्मार्ट फोनका लगभग सबै जसो विज्ञापनहरुमा क्यामरालाई विशेष महत्व दिने गरिन्थ्यो । समय फिरिदै जाँदा विज्ञापनको फोकस फार्स्ट चार्जिङ तिर फेरियो , ब्याट्री क्षमता तिर मोडियो ! र अहिलेको समय सम्म आइपुग्दा अब धेरै स्मार्ट फोनको फोकस एआइ तिर मोडिएको देख्न सकिन्छ । तर कतिपय स्मार्ट फोनले एआइ – एआइ भन्दै बेचिरहेको स्मार्ट फोनमा वास्तवमा कुनै पनि एआइ प्रविधी जडित नै हुँदैन । यो सुन्दा ए होइन होइन पढ्दा तपाईहरुको मुटु चसक्क भए होला तर वास्त्विकता यही हो । विशेष गरी बजेट सेगमेन्टका (अनुमानित २५ हजार रुपैयाँ सम्मका ) स्मार्ट फोनहरुमा यदि तपाईलाई एआइ प्रणाली जडित छ भनियो र तपाईहरुले यो कुरा पत्याउनु भयो भने तपाई बेबकुफ बन्ने सम्भावना ह्वात्तै बढ्न सक्छ । खासमा बजेट सेगेमेन्ट का धेरै जसो फोनहरु जसमा एआइको झुनझुना बझाइएको हुन्छ ।
त्यो प्रविधी एआइ नभई सिआइ (CI) कम्प्युटेसनल इन्टेलिजेन्स हो । CI भन्नाले कम्प्युटरको दिमाग भनेर बुझ्न सकिन्छ । मतलब स्मार्टफोनको प्रोसेसर वा चिपसेट । यसलाई यस्तो तरिकाले प्रशिक्षण दिइन्छ कि उसले आफु अघि भइरहेका गतिविधिहरू बुझ्न सकोस् र आवश्यक भएमा परिवर्तन पनि गर्न सकोस्। उदाहरणको लागि, तपाईंको फोनको दिमागमा पहिल्यैदेखि सूर्य उदाउने विभिन्न सीनहरू सेट गरिएका हुन्छन्। उसलाई थाहा हुन्छ बिहान ६ बजे सूर्यको प्रकाश कस्तो हुन्छ र दिउँसो १२ बजे कस्तो हुन्छ।
त्यसैले तपाईंले बिहान वा राति कुनै फोटो खिच्दा, स्मार्टफोनको दिमागले त्यो फोटोको अवस्थालाई पहिल्यै सेट गरिएका सीनहरूसँग मिलाएर तुलना गर्छ, र त्यस आधारमा अन्तिम फोटो बनाउँछ। तपाईंको ग्यालरीमा जुन फोटो सेव हुन्छ, त्यो पहिलेभन्दा परिमार्जित हुन्छ। मतलब, सिस्टमले आफैँ प्रकाश कम वा बढी गर्न सक्छ।
Computational Intelligence मा क्यामेराको उदाहरण किन दिइएको हो भने आजभोली कम्पनीहरूले सबैभन्दा धेरै यही कुरामा AI भएको दाबी गर्ने गरेको देख्न सकिन्छ । तर यो केवल क्यामेरामा मात्र होइन, फोनका अरु धेरै फिचरहरूमा पनि काम गर्छ—जस्तै Auto Brightness वा Dark Mode । त्यसैले कुनै पनि फोन किन्दा त्यो वास्त्विक एआइ फिचर हो कि पहिल्यै फिड गरिएको एउटा प्रोग्राम मात्र भन्ने बुझ्न जरुरी हुन्छ ।
कुरा स्मार्ट फोनको मात्र होइन , वाशिङ मेसिनमा पनि यस्तै AI को हवला दिएर ग्राहकलाई झुक्काउने प्रयास भएको देख्न सकिन्छ । कतिपय वाशिङ मेसिन कम्पनिले हाल पुरानो मोडलकै वाशिङ मेसिनमा केहि बटनहरु थपेर
AI सपोर्ट मेसिन भन्दै बेच्ने गरेको पनि देख्न सकिन्छ । तर के त्यो मेसिनले कपडाको प्रकार आफैँ चिनेर एउटैपटकमा सबै कपडा धुन सक्छ त भन्ने प्रश्न गर्दा त्यसको उत्तर सक्दैन भन्ने आउन सक्छ । अझै गज्जबको कुरा त के छ भने यो मेसिनले सुती र उनि जस्ता एकै प्रकारका कपडामा पनि फरक छुट्याउन सक्दैन । त्यो पनि हामी आफैले बटन थिचेर बताइदिन पर्ने हुन्छ । अर्थात्, उसको सिस्टममा पहिल्यै प्रोग्राम गरिएको हुन्छ—ऊनीको लागि यस्तो सेटिङ, सूतीको लागि अर्को। तपाईंले कुन कपडा हो भनेर चयन गर्नुभयो भने त्यसपछि मात्र मेसिनले त्यसअनुसार काम गर्छ।मतलब, सोच्ने वा बुझ्ने कुनै क्षमताचाहिँ छैन। बस, पहिलेबाट लेखिएको निर्देशन अनुसार काम गर्ने मात्र हो।
यस्तै अवस्था अहिलेका एसी (अक्) हरूको पनि हो। के तिनीहरूले तपाईंको छालाको अवस्था वा व्यक्तिगत आवश्यकताअनुसार तापक्रम आफैं मिलाउन सक्छन् ? उत्तर हो सक्दैनन्, । अब भने तपाईहरुलाई उसो भए सबै उपकरण हरुले एआइको नाममा हामी लाई झुक्काइरहेका हुन्, त भने प्रश्न उब्जेको हुन सक्छ , नआत्तिनुहोस्, त्यस्तो पनि होइन ।
यस्तै अवस्था अहिलेका एसी (AC) हरूको पनि हो। के तिनीहरूले तपाईंको छालाको अवस्था वा व्यक्तिगत आवश्यकताअनुसार तापक्रम आफैं मिलाउन सक्छन् ? उत्तर हो सक्दैनन्, । अब भने तपाईहरुलाई उसो भए सबै उपकरण हरुले एआइको नाममा हामी लाई झुक्काइरहेका हुन्, त भने प्रश्न उब्जेको हुन सक्छ , नआत्तिनुहोस्, त्यस्तो पनि होइन । Flagship वा Premium सेग्मेन्टका स्मार्ट फोनहरुमा Generative AI अर्थात विधि जनाइन्छ जुन ChatGPT, Google Gemini, वा Samsung AI जस्ता सिस्टम अनुसार बनेका प्रोसेसरहरूमा आधारित हुन्छन्। लौ अनि मेरो आइफोनको त कुरै भएन भन्ने चाँही नसोच्नु होला तपाईंको आईफोन मा पनि त्यही कुराको प्रयोग हुन्छ। Apple Intelligence पनि यही प्रकारको AI मा आधारित छ। यसको मुख्य विशेषता भनेको नै यिनले रियल टाइम मा जानकारी दिन सक्छन् र साथसाथै आफ्नै दिमाग (भनेको तर्क शक्ति) प्रयोग गरेर नयाँ कुरा पनि बनाउँन सक्छन् । त्यसैले एआइकै लोभमा जुन पायो त्यहि उपकरणमा पैसा लगानी नगर्नुहोला ।