Writy.
बुधवार, अगस्ट 6, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    नेपालमा आयो उड्ने कार, नाडा अटो “शो” मा प्रदर्शन गरिने

    Aanchal Nepal by Aanchal Nepal
    अगस्ट 6, 2025
    in इभी
    0
    air mobility
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं। नेपालमा पहिलोपटक विद्युतीय उड्ने कार (Electric VTOL UAV) भित्राइएको छ। । यो अत्याधुनिक सवारीसाधन आगामी नाडा अटो शो–२०२५ मा प्रदर्शन गरिने भएको हो। ‘Go for More’ भन्ने नारासहित भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्राङ्गणमा उक्त प्रदर्शनी हुने निश्चित भएको छ ।

    आयोजकका अनुसार उड्ने कारको नाम DeePal EV‑TOL UAV रहेको छ । उक्त उड्ने कार कार्यक्रममा एमएडब्ल्यू वृद्धि अटो कर्प प्रालि, दींपाल ईभीको आधिकारिक वितरकका रूपमा सहभागी हुनेछ।

    एमएडब्ल्यू वृद्धि अटो कर्प प्रालिका प्रतिनिधि विवेक शिकारियाले आगामी अटो शोमा यो उड्ने कार प्रदर्शनमा राख्दै कम्पनीले आफूलाई भविष्यमुखी र दूरदर्शी प्रस्तुत गर्न चाहेको बताएका छन्न । उनले यो प्रदर्शनी अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक हुने विश्वास व्यक्त गर्दै उत्कृष्ट अटोमोबाइलहरू र भविष्यका प्रविधिहरू अवलोकन गर्ने अवसर उपलब्ध हुने जानकारी दिए।

    दर्शकहरूले सो प्रदर्शनी अवलोकन गर्न खल्ती एप प्रयोग गरी इलेक्ट्रोनिक माध्यमबाट अग्रिम टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

    प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार, तीन लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालकै अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ। साथै, नेपाललाई दक्षिण एसियामा अटो प्रदर्शनीमा उड्ने कार प्रदर्शन गर्ने पहिलो देश बनाउने योजना पनि यसै अन्तर्गत रहेको छ।

    विद्युतीय यस कार ठाडो उडान (Vertical Take-Off and Landing – VTOL) गर्न सक्षम रहेको बताइएको छ, जसले सहरी हवाई गतिशीलतामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरिएको छ। चीनमा विकसित यसको EV-TOL प्रविधि विश्वव्यापी रूपमा अग्रगामी मानिन्छ र त्यहाँका कम्पनीहरूले यसलाई परीक्षण उडान अनुमतिसहित प्रयोगमा ल्याइसकेका छन्।

    यद्यपि, नेपालमा यस्तो उड्ने कार सञ्चालनका लागि कानुनी तथा नीति व्यवस्था स्थापना हुन बाँकी रहेको नाडा अध्यक्ष करण चौधरीले बताए। उनले भने, “अहिलेका लागि यो कार केवल प्रदर्शनीमै सीमित रहनेछ र भविष्यमा यसका लागि विशिष्ट नीति निर्माण आवश्यक पर्नेछ।”

    Related Stories

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    EV pickup van

    नेपाली बजारमा उपलब्ध ७ इभी पिकअप भ्यान, यस्तो छ मुल्य देखि क्षमता सम्मको ज्ञान !

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    यस्ता सवारीहरू खासगरी सामान ढुवानी, निर्माण सामग्रीको ढुवानी, डेलिभरी र ग्रामीण यातायातका लागि उपयुक्त छन्।

    डीपलको कम्प्याक्ट एसयुभी एस०५ नेपालमा , के- के छन्, विशेषता कति पर्छ मुल्य ?

    डीपलको कम्प्याक्ट एसयुभी एस०५ नेपालमा , के- के छन्, विशेषता कति पर्छ मुल्य ?

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं, साउन १५। चिनियाँ अटो निर्माता चांगनको विद्युतीय सवारी ब्रान्ड ‘डीपल’ (Deepal) को नयाँ कम्प्याक्ट एसयूभी S05 नेपाली बजारमा भित्रिएको...

    BYD Sealion 7 नेपाली बजारमा के के छन्, विशेषता  कति पर्छ मुल्य ? 

    BYD Sealion 7 नेपाली बजारमा के के छन्, विशेषता  कति पर्छ मुल्य ? 

    by Tech MaKura
    जुलाई 27, 2025
    0

    BYD Sealion 7 Cimex मार्फत नेपालमा भित्र्याइएको छैटौं मोडेल हो। 

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    Bill gates with 3 jobs

    एआइ बाट यि ३ पेशा बाहेक अरु सबै असुरक्षित छन्, : बिल गेट्स

    1 महिना ago
    Youtube

    गाली तथा अपशब्द प्रयोग गरिएका भिडिओले पनि पैसा कमाउन सक्ने गरी युटुबको निती परिमार्जन ! 

    6 दिन ago

    नेपालमा आयो उड्ने कार, नाडा अटो “शो” मा प्रदर्शन गरिने

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    air mobility

    नेपालमा पहिलोपटक विद्युतीय उड्ने कार (Electric VTOL UAV) भित्राइएको छ।

    Read moreDetails

    Apple Intelligence माथि व्यंग्य गर्दै Google ले ल्यायो Pixel १० को कडा विज्ञापन

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    pixel vs iphone

    ३० सेकेन्डको यस विज्ञापनमा एप्पलको सिरी अपडेटको ढिलाइ र "आउँदैछ" भन्ने वचनको आलोचना गरिएको छ।

    Read moreDetails

    ChatGPT प्रयोगमा चार गुणा वृद्धि

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    gpt goes up

    ChatGPT को प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ। कम्पनीका अनुसार यस हप्ता यसले ७०० मिलियन साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या छुन लागेको...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura