काठमाडौं । पत्रकार अपिल त्रीपाठिले संचालन गर्दै आएको कार्यक्रमको पछिल्लो अंकले सरकारी इन्जिनियर माथि आधारहिन आरोप लगाएको भन्दै नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकी प्रदेशले आपत्ति जनाएको छ । पिच भएको महिना दिन भित्रनै सडक बिग्रेको सम्बन्धित सामाग्रीमा इन्जिनियरले सरकारी इन्जिनियरले पैसा लिएर बिल पास गरेको भन्ने असत्य र आधारिहिन आरोपले गर्दा निज इन्जिनियरले चरित्र अभद्र , अमर्यादित र हिसांत्मक टिप्पणीको सामना गर्नुपरेकाले उक्त सामाग्री प्रति एसोसियसनले एक विज्ञप्ती जारी गर्दै खेद प्रकट गरेको हो ।
फलानो न्युज नामक युटुब च्यानल मार्फत अपिल त्रीपाठिले चार दिन अगाडि पोखराको बेइज्जत : बजेट भयो स्वाहा, बाटो बन्यो यस्तो | नर्सिङ पढाइदिने नाममा करोडौको लुट धन्दा” नामक शिर्षकमा एक भिडिओ सार्वजनिक गरेका थिए । सोही भिडिओका क्लिपहरु हाल सामजिक संजालमा भाइरल रहेको छ । कुल दुईवटा विषयमा रहेको सो भिडिओको पहिलो सेग्मेन्टमा अपिलले पोखरा महनगरपालिकाले गरेको असारे विकाश , ठेकदार , इन्जिनियर र नियमनकारी निकायको लापरवाहिको पाराकाष्ठाले बनेको एउटा बाटोको फिल्ड रिपोर्टको रुपमा व्याख्या गर्दै पोखरा वडा नं ३२ मा भर्खरै पिच भएको बाटोको रिपोर्टिङ गरेका थिए । पिच भएको बाटो एक महिनामै कसरी भत्कियो भन्ने एङ्गलबाट रिपोर्टिङ गर्ने क्रममा अपिलले स्थानिय वासिन्दा , सरकारी इन्जिनियर , ठेकदार तथा जनप्रतिनिधिसँग खरो सवाल जवाफ समेत गरेको भिडिओमा देख्न सकिन्छ ।
सोही क्रममा इन्जिनयर र ठेकदार बिच आपसी मिलोमतोमा मापदण्ड नपुगेको बाटोलाई पास गरेर भुक्तानी दिइएको आरोप स्थानिय र पत्रकार त्रीपाठिले महानगरका इन्जिनियर तथा समबन्धित वडाका सब इन्जिनियरलाई लगाएको देख्न सकिन्छ ।
“प्राप्त तथ्यांक अनुसार सो सडक आयोजना सम्बन्धित डिजाइन , लागत अनुमान , कार्यविवरण पुर्वकै अवस्थामा रहँदा उहाँको सरुवा भएको हो । ठेक्का सम्झौताको शर्त तथा प्राविधिक विशिष्टता अनुसार कार्य सम्पन्न गराउने जिम्मेवारी उहाँको थियो । सरकारी सेवामा प्रवेश देखि नै उहाँले ईमान्दारी , पारदर्शिता र प्राविधिक मापदण्डको पालना गर्दै आएका छन्, भन्ने प्रमाणहरु स्पष्ट छन्, । निर्माण कार्य सम्पुर्ण प्राविधिक Specification अनुसार सम्पन्न गराई, प्रयोगशालामा परिक्षण मार्फत समेत प्रमाणिकरण गरेर पास गरिएको हो । ” विज्ञप्तिमा उल्लेख छ ।
भिडिओमा देखाइएको सडकको ९० प्रतिशत भाग आजसम्म पनि सुचारु अवस्थामा रहेको तर रुपातालको छेउमा पर्ने water logged भुगोल र मनसुनको कारणले केही भाग मात्र क्षति भएकोमा भिडिओमा प्रारम्भ देखि नै सम्पुर्ण दोष इन्जिनियरलाई लगाईनु आपात्तिजनक रहेको एसोसिएसनले जनाएको छ ।