Writy.
बुधवार, अगस्ट 6, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    गुगलको हेल्थकेयर एआई ‘Med-Gemini’ मा गम्भीर त्रुटि, चिकित्सा क्षेत्रमा ल्यायो ठूलो विवाद

    Aanchal Nepal by Aanchal Nepal
    अगस्ट 5, 2025
    in एआइ
    0
    Doctors being concerned about gemini
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । गुगलको नयाँ हेल्थकेयर एआई ‘Med-Gemini’ मा आएको गल्तीले चिकित्सा क्षेत्रमा ठूलो विवाद सिर्जना भएको छ। मस्तिष्कको स्क्यान जाँच्दा यसले ‘basilar ganglia’ नामक अनौठो ठाउँमा समस्या देखाएको थियो, जुन वास्तवमा एक्जिस्ट नै गर्दैन।

    खासमा ‘basal ganglia’ हुनुपर्ने थियो, जुन मस्तिष्कको एक महत्वपूर्ण भाग हो। यसले बडी मुभमेन्ट र इमोशन रेगुलेसनमा मदत गर्छ।  तर एआईले यसलाई ‘basilar artery’ सँग जोडिदियो, जुन पूर्ण रूपमा फरक संरचना हो। यस्तो गडबडी सानो जस्तो देखिए पनि, चिकित्सा क्षेत्रमा यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।

    अन्तर्राष्ट्रिय मिडियाका अनुसार, यो गल्ती गुगलले यस वर्ष प्रकाशित गरेको रिसर्च पेपर र ब्लग पोस्टमा देखिएको हो। उक्त त्रुटि गुगल आफैले थाहा पाएको थिएन। पछि न्यूरोलोजिस्ट ब्रायन मूरले पत्ता लगाएपछि निजी रूपमा कम्पनीलाई सचेत गराएका थिए।  त्यसपछि गुगलले चुपचाप ब्लगपोस्टमा संशोधन गर्दै ‘basal ganglia’ भन्ने सही शब्द प्रयोग गर्‍यो, तर सम्पादनबारे कुनै जानकारी सार्वजनिक गरेन। यद्यपि, सो सम्बन्धित अनुसन्धानपत्र भने अझै पनि अपडेट गरिएको छैन।

    गुगलले यो मात्र टाइपो भएको बताएको छ, तर चिकित्सकहरू यसलाई एआई हल्युसिनेसनको उदाहरण भन्दै बेवास्ता गर्न नमिल्ने चेतावनी दिएका छन्। चिकित्सक मौलिन शाहले भनेका छन्, “थोरै शब्द परिवर्तनले नै फरक रोग पहिचान र उपचार योजना निर्धारण गर्न सक्छन्। त्यसैले चिकित्सकहरूले एआईबाट आएको नतिजामा अन्धविश्वास गर्नु हुँदैन।” 

    अर्कोतर्फ, गुगलले अस्पतालमा यो एआईको परीक्षण पनि शुरु गरिसकेको छ। यसको अर्को मोडल ‘मेडजेम्मा’ मा पनि जटिल प्रश्नमा सही जवाफ आए पनि सरल प्रश्नमा त्रुटि देखिएको छ।

    अझ चिन्ताजनक कुरा के छ भने, गुगलले यो एआई प्रणालीलाई वास्तविक अस्पतालको वातावरणमा परीक्षण गर्न सुरु गरिसकेको छ। यसको अर्को मोडल, ‘MedGemma’ मा पनि त्रुटि देखिएको छ। कतिपय अवस्थामा जटिल प्रश्नमा पनि सही निष्कर्ष दिने गर्दा, सरल प्रश्नमा समस्या पहिचान गर्न सकिरहेको छैन। यस्तो त्रुटिले चिकित्सा क्षेत्रमा ठूलो जोखिम निम्त्याउन सक्छ।

    विशेषज्ञहरूको भनाइ अनुसार, स्वास्थ्य क्षेत्रमा एआई उपयोगी छ, तर यसका नतिजा चिकित्सकहरूले पुनः परीक्षण गर्नैपर्छ। रेडियोलोजिस्टहरूले भनेका छन्, “यी प्रणालीहरू ‘मलाई थाहा छैन’ भन्दैनन्, बरु विश्वसनीय लाग्ने तर गलत नतिजा दिन्छन्, जुन जोखिमपूर्ण छ।”

    Related Stories

    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    क्लाउडफ्लेयरले लगायो पर्प्लेक्सिटीमाथि अवैध डेटा सङ्कलनको आरोप 

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0

    क्लाउडफ्लेयरले एआई कम्पनी पर्प्लेक्सिटीमाथि हजारौँ वेबसाइटहरूले स्पष्ट रूपमा लगाएका crawling प्रतिबन्धहरू उल्लंघन गरी अवैध रूपमा डेटा सङ्कलन गरेको आरोप लगाएको...

    danush ai climax

    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0

    बलिउड अभिनेता धनुषले आफ्नो २०१३ मा रिलिज भएको सांस्कृतिक लोकप्रिय चलचित्र रांझणा  को नयाँ एआई-सँशोधित क्लाइम्याक्समा आफ्नो असन्तुष्टि व्यक्त गरेका...

    Apple Ai

    च्याटजीपीटी जस्तै एआई एप बनाउने एप्पलको नयाँ प्रयास

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    पएप्पलले answer engine निर्माण गर्न एक नयाँ  टीम गठन गरेको छ । ब्लूमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार, यो टीमले च्याटजीपीटी जस्तो...

    ai model

    विश्व प्रसिद्ध म्यागजिन “Vogue” मा पहिलोपटक एआई-निर्मित मोडलको प्रस्तुति

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    विश्वप्रसिद्ध म्यागजिन “Vogue” ले आफ्नो अगस्ट महिनाको संस्करणमा पहिलोपटक एआईद्वारा सिर्जना गरिएको मोडल प्रस्तुत गरेको छ। उक्त मोडल केवल आकर्षक...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    डिभोर्स पछि एलिना चौहानका पूर्वपतिको फेसबुक मार्फत स्पष्टिकरण: मानहानीको कानुनी उपचार खोज्दै छु ।

    डिभोर्स पछि एलिना चौहानका पूर्वपतिको फेसबुक मार्फत स्पष्टिकरण: मानहानीको कानुनी उपचार खोज्दै छु ।

    3 हप्ता ago
    Ncell to use 971

    अब एनसेलका मोबाइल नम्बर ९७१ बाट सुरु — पुराना नम्बर सकिन लागेका हुन्, ?

    1 महिना ago

    गुगलको हेल्थकेयर एआई ‘Med-Gemini’ मा गम्भीर त्रुटि, चिकित्सा क्षेत्रमा ल्यायो ठूलो विवाद

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    Doctors being concerned about gemini

    गुगलको नयाँ हेल्थकेयर एआई ‘Med-Gemini’ मा आएको गल्तीले चिकित्सा क्षेत्रमा ठूलो विवाद सिर्जना भएको छ। मस्तिष्कको स्क्यान जाँच्दा यसले ‘basilar...

    Read moreDetails

    क्लाउडफ्लेयरले लगायो पर्प्लेक्सिटीमाथि अवैध डेटा सङ्कलनको आरोप 

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    क्लाउडफ्लेयरले एआई कम्पनी पर्प्लेक्सिटीमाथि हजारौँ वेबसाइटहरूले स्पष्ट रूपमा लगाएका crawling प्रतिबन्धहरू उल्लंघन गरी अवैध रूपमा डेटा सङ्कलन गरेको आरोप लगाएको...

    Read moreDetails

    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    danush ai climax

    बलिउड अभिनेता धनुषले आफ्नो २०१३ मा रिलिज भएको सांस्कृतिक लोकप्रिय चलचित्र रांझणा  को नयाँ एआई-सँशोधित क्लाइम्याक्समा आफ्नो असन्तुष्टि व्यक्त गरेका...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura