Writy.
शनिवार, अगस्ट 16, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 16, 2025
0
गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !

Narayanhiti

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । डिजिटल नेपाल कन्क्लेभ, २०२५ को अवसर पारेर गुगल म्याप्सले आज देखि नेपालमा स्ट्रिट भ्यु सेवा सुरु गरेको छ। यस सुविधामार्फत विश्वभरका प्रयोगकर्ताले नेपालका भौगोलिक दृश्य, सांस्कृतिक सम्पदा र जीवन्त वातावरण भर्चुअल रूपमा अवलोकन गर्न सक्नेछन्।

स्ट्रिट भ्यु मार्फत अब उपयोगकर्ताले काठमाडौँका साँघुरा गल्ली, तराईका शान्त क्षेत्रहरू, हिउँले ढाकिएका हिमालका मनोरम दृश्य र घुमाउरा सडकहरूमा भर्चुअल यात्रा गर्न सक्नेछन्। यस सुविधाले नेपालका प्राचीन मन्दिर, दरबार, बजार तथा परम्परागत जीवनशैली नजिकबाट अनुभव गर्ने अवसर पनि प्रदान गर्नेछ। यस सुरुवातले नेपालको सांस्कृतिक र पर्यटन सम्पदाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञहरूको भनाइ छ।

गुगल स्ट्रिट भ्यु कसरी प्रयोग गर्ने?

नेपालका दृश्यहरू भर्चुअल रूपमा हेर्नको लागि तलका चरणहरू पालना गर्नुहोस्:

१. आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोल्नुहोस्।
२. कम्प्युटरमा तल दायाँ कुनामा रहेको पहेँलो रंगको ‘Street View’ Pegman आइकन क्लिक गर्नुहोस्। मोबाइलमा भने प्रोफाइल आइकन मुनि रहेको ‘Layers’ विकल्पमा जानुहोस् र Street View चयन गर्नुहोस्।
३. हेर्न चाहेको स्थानमा Pegman आइकन राख्नुहोस्।
४. स्क्रीनमा देखिएका दिशा निर्देशन अनुसार क्लिक गरेर आफ्नो इच्छित तर्फ यात्रा गर्नुहोस्।

यसरी 360° दृश्यमा सडक, गल्ली वा पर्यटकिय स्थलको वरिपरिको वातावरण नजिकबाट अवलोकन गर्न सकिन्छ।

यस सुविधा प्रयोग गर्दा सवारी साधनका नम्बर प्लेटहरू र मानिसहरूको अनुहारहरू गोप्य राखिन्छन्। साथै, आफ्नो घर स्ट्रिट भ्युमा देखाउन मन नपरेमा ब्लर गराउन अनुरोध गर्न सकिन्छ। सुरक्षा कारणले गर्दा पशुपति मन्दिरजस्ता संवेदनशील तथा सुरक्षित क्षेत्रभित्र भने प्रवेश गर्न पाइने छैन।

हेर्नुहोस्, गुगल म्यापको स्ट्रिट भ्युबाट लिईएको काठमाडौंका विभिन्न पर्यटन स्थलहरुको तस्विरहरु :

9
Bhaktapur Durbar Square
Copy of TECHMAKURA
Swayambhunath Stupa
Copy of TECHMAKURA 2
Nyatapola
Copy of TECHMAKURA 1
Basantapur Durbar
Copy of TECHMAKURA 3
Thamel Street

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

सोसल मिडिया

इन्स्टाग्राममा आउँदैछ “PICKS” नामक नयाँ फिचर, के गर्छ काम ?

अगस्ट 15, 2025
टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 
सोसल मिडिया

टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 

अगस्ट 15, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !
सोसल मिडिया

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !

अगस्ट 16, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 15, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura