Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

“YouTube मा जे गर्दा नि माउस नै स्क्रोल गर्नुहुन्छ ? हत्तेरिका! यी उपयोगी Shortcuts छँदै छन् नि

टेकमाकुरा by टेकमाकुरा
अप्रिल 24, 2025
0
“YouTube मा जे गर्दा नि माउस नै स्क्रोल गर्नुहुन्छ ? हत्तेरिका! यी उपयोगी Shortcuts छँदै छन् नि
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । YouTube हेर्दा बारम्बार माउस चलाउनुपर्ने, सानो–साना कमाण्डहरू खोज्दै हैरान हुने समस्या धेरैलाई हुने गर्छ। तर के तपाईंलाई थाहा छ? YouTube ले सबै keyboard shortcuts एउटै ठाउँमा देखाउने सजिलो उपाय दिएको छ — Shift + / थिच्नुस्, अनि सबै सट्कटहरू खुल्छन्।

छोटो कमाण्डमा धेरै काम गर्न मिल्ने यी सट्कटहरूले तपाईंको watching experience मात्रै होइन, भिडियो सम्पादन र workflow पनि सहज बनाउँछ।

Step-by-Step: YouTube मा Hidden Shortcuts हेर्ने सजिलो उपाय

  1. YouTube खोल्नुस्
    आफ्नो कम्प्युटर वा ल्यापटपमा youtube.com खोल्नुस्।
  2. कुनै पनि पेजमा Shift + / दबाउनुस्
    Keyboard मा Shift थिच्दै / थिच्नुस् (स्ल्यास चिन्ह)।
  3. Shortcut Overlay खुल्छ
    तपाईंको स्क्रीनमा एक सानो window खुल्छ, जसमा सबै keyboard shortcut हरू स्पष्ट रूपमा देख्न सकिन्छ।

केही प्रमुख Shortcut हरू:

Shortcutके गर्छ?
KPlay वा Pause
J / L१० सेकेन्ड पछाडि वा अगाडि जानु
Mआवाज बन्द/सुरु गर्नु
← / →५ सेकेन्ड सानो स्किप
< / >Playback speed बढाउने वा घटाउने
CCaptions अन/अफ
0–9भिडियोको प्रतिशत अनुसार समयमा जानु (जस्तै: 5 = ५०%)

प्रो टिप्स: यस्ता सट्कट कसरी उपयोगी हुन्छ?

  • भिडियो एडिट गर्नुपर्छ?
    Playback speed परिवर्तन गर्ने < / > सट्कटले preview सजिलो बनाउँछ — फास्ट फर्वार्ड गर्नुपर्छ भने अब माउस आवश्यक पर्दैन।
  • लामो भिडियोहरू हेर्दै हुनुहुन्छ?
    0–9 सट्कटले भिडियोलाई खण्ड–खण्डमा छिट्टै स्क्यान गर्न सहयोग गर्छ।
  • भाषा बुझ्न कठिन छ?
    C थिचेर captions अन गर्न सकिन्छ — यो शैक्षिक भिडियो वा विदेशी भाषाका भिडियोहरूका लागि उपयोगी हुन्छ।
  • Series वा Chapters भएको भिडियो?
    Shift + N (next) वा Shift + P (previous) ले अध्यायहरूमा सजिलै उफ्रन सकिन्छ।

YouTube मा साना–साना ट्रिकले ठूलो असर पार्न सक्छ। अब माउस खोज्दै समय खेर फाल्नु पर्दैन — तपाईंको हातमै छ सबै control।
यी सट्कटहरूलाई प्रयोग गरेर हेर्नुस् — तपाईंको अनुभव झनै छरितो र व्यवस्थित हुनेछ।

जानकारी उपयोगी लाग्यो भने, आफ्ना साथीहरू र परिवारसँग सेयर गर्न नबिर्सनुहोला!

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura