काठमाडौं । पूर्वयुवराज हृदयन्द्र शाहको यतिबेला सामाजिक संजालमा वाहवाही भइरहेको छ । आफ्नो २३ औं जन्मदिनको अवसरमा हृदयन्द्रले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको भ्लगमा उनको प्रस्तुती लाई लिएर हृदयन्द्रको विभिन्न सामाजिक संजालमा वाहवाही भएको हो ।
सामाजिक संजालहरु मात्र नभई आफूलाई मुलधारका संचार माध्यम दाबी गर्ने अनलाइन मिडियाहरुका लागि समेत हृदयन्द्रको भ्लग समाचारिय खुराक बनेको छ भने सो माध्यमबाट सम्प्रेषण भएका कन्टेन्टहरुमा पनि हृदयन्द्रले राम्रो टिप्पणी पाईरहेको देख्न सकिन्छ । ‘माई ट्रिप टु जुम्ला’ शीर्षक राखेर पोस्ट गरिएको उक्त भ्लगमा धेरै जनाले विनम्र तथा सरल स्वभावको वाहवाही गरेको देख्न सकिन्छ । भ्लगमा उनले जुम्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक र स्थानीय जनजीवनलाई नजिकबाट प्रस्तुत गर्ने प्रयास गरेको देख्न सकिन्छ । यस्तै उनले कर्णाली राजमार्गको कठिन अवस्था, नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका, मार्सी धान र अर्गानिक स्याउको प्रचुर सम्भावना, रारा र शे-फोक्सुन्डो जस्ता पर्यटकीय गन्तव्यको महत्त्वबारे पनि जानकारी लिएका छन्, भने स्थानीयसँग राम्ररी घुलमिल भएको पनि देख्न सकिन्छ ।