काठमाडौं । मोबाइल फोन प्रयोग गर्दा IMEI नम्बर अत्यन्त महत्वपूर्ण हुन्छ । फोन चोरी, हराएको वा अन्य कुनै समस्या परेमा IMEI नम्बरकै आधारमा फोन ट्रयाक गर्न र ब्लक गर्न सकिन्छ । यही कारण IMEI नम्बरलाई ‘फोनको पहिचान कार्ड’ पनि भनिन्छ ।
IMEI नम्बर भनेको के हो?
IMEI (International Mobile Equipment Identity) १५ अङ्कको अद्वितीय नम्बर हो, जुन प्रत्येक मोबाइल फोनको लागि फरक हुन्छ, फिङ्गरप्रिन्ट जस्तै ।
IMEI नम्बर किन महत्वपूर्ण हुन्छ ?
- चोरी वा हराएको फोन ट्रयाक गर्न: सेवा प्रदायक र प्रहरीले फोन पहिचान गर्न यो नम्बर प्रयोग गर्छन्। । चोरी वा हराएको फोनलाई IMEI नम्बरको माध्यमबाट CEIR प्रणाली अन्तर्गत ब्ल्याकलिष्ट गर्न सकिन्छ, जसले फोनलाई कुनै पनि नेटवर्कमा चल्न नसक्ने बनाउँछ।
- नेटवर्क पहुँच नियन्त्रण: मोबाइल सेवा प्रदायकहरुले IMEI नम्बर प्रयोग गरेर कुन फोनले सेवा पाउन सक्छ भनेर नियन्त्रण गर्छन्।
- फोनको स्थिति जाँच: IMEI नम्बरबाट फोनको ब्राण्ड, मोडेल, र उत्पादन स्थल लगायत जानकारी प्राप्त गर्न सकिन्छ।
- सेवा र मर्मतको लागि: फोनको ग्यारेन्टी र मर्मत सेवा जाँच्न IMEI नम्बर प्रयोग हुन्छ।
IMEI नम्बर कसरी हेर्ने?
Android फोनमा:
- फोनको Settings खोल्नुहोस्।
- About Phone मा जानुहोस्।
- त्यहाँ IMEI नम्बर सूचीकृत हुनेछ।
वा
फोनको dial-pad मा *#06# टाइप गर्नुहोस्। IMEI नम्बर तुरुन्तै स्क्रीनमा देखिन्छ।
iPhone मा:
- Settings खोल्नुहोस्।
- General मा जानुहोस्।
- About मा ट्याप गर्दा IMEI नम्बर देख्न सकिन्छ।
पुरानो फोन वा प्याकेजिङ बक्समा:
मूल प्याकेजिङ बक्स वा ब्याट्री पछाडि लेबलमा IMEI नम्बर लेखिएको हुन्छ ।
उपयोगी सुझावहरू:
- IMEI नम्बर सुरक्षित स्थानमा लेखी राख्नुहोस् — नोटप्याड, इमेल वा कागजमा सुरक्षित रूपमा गर्नुहोस् ।
- फोन हराउन वा चोरी भएमा तुरुन्त आफ्नो सेवा प्रदायक र प्रहरीलाई IMEI बताउनुहोस् र ब्लक गर्न लगाउनुहोस्।
- Used/second-hand फोन किन्दा IMEI blacklisted छ कि छैन भन्ने चेक गर्नुहोस्।
- IMEIcheck.com वा CEIR जस्ता प्लेटफर्मबाट IMEI blacklisted छ कि छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ।