
काठमाडौं। सामाजिक सञ्जाल Instagram मा “Picks” नामक नयाँ फिचरको परीक्षण भइरहेको सार्वजनिक भएको छ । विकासअन्तर्गत रहेका नयाँ फिचरहरू सार्वजनिक हुनु अघि नै पत्ता लगाउँदै आएका रिभर्स इन्जिनियर Alessandro Paluzzi यस बारे खुलासा गरेका हुन्।
Paluzzi द्वारा साझा गरिएका स्क्रिनशट अनुसार, प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने चलचित्र, पुस्तक, टिभि कार्यक्रम, खेल, र संगीत वा “Picks” रोज्नेछन्। Instagram ले त्यसपछि ती समान रुचि भएका प्रयोगकर्ताहरूलाई पत्ता लगाउनेछ र उनीहरूबीच थप व्यक्तिगत सम्बन्ध र संवाद सिर्जना गर्ने वातावरण प्रदान गर्नेछ।
यो फिचरले प्रयोगकर्ता बीचको पारस्परिक रुचि पहिचान गरी सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।।
Instagram का प्रमुख Adam Mosseri ले यसै वर्षको सुरुमा यस फिचरको संकेत दिएका थिए। उनले २०२५ मा कम्पनीले creativity र connection मा केन्द्रित हुने बताएका थिए । उनले जनवरीमा लेखेका थिए, “Instagram मा प्रयोगकर्ताहरूले भेटेका सामग्रीका आधारमा मित्रसँग जडान गर्न सकुन् भनेर साथीहरूसँग connect हुने नयाँ तरिका खोज्ने योजना बनाइरहेका छौँ।”
विकासअन्तर्गत रहेका अन्य फिचरहरूजस्तै, “Picks” कहिले वा कस्तो रूपमा आधिकारिक रूपमा रोलआउट हुने भन्ने बारे खुलाइएको छैन।