Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

टेकमाकुरा by टेकमाकुरा
जुलाई 18, 2025
0
iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । एप्पलको बहुप्रतीक्षित स्मार्टफोन ‘आईफोन १७ प्रो’ अबको दुई महिनाभित्र सार्वजनिक हुने भएको छ । एप्पलले अघिल्लो वर्ष सार्वजनिक गरेको आईफोन १६ सिरिजमा सफ्टवेयरमै बढी ध्यान दिएको भए पनि यसपटक हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा उल्लेख्य परिवर्तन आउने अनुमान गरिएको छ ।

अहिलेसम्म सार्वजनिक भएका रिपोर्ट र विश्वसनीय स्रोतहरूको आधारमा आईफोन १७ प्रोको डिजाइन, पर्फमेन्स र अन्य विशेषताहरूमा महत्वपूर्ण सुधार हुने देखिएको छ ।

नयाँ डिजाइन र सामाग्रीको प्रयोग

आईफोन १७ प्रोमा पछिल्लो  सिरिजका फोनजस्तो क्यामेरा डिजाइन नहुने अनुमान गरिएको छ । रिपोर्टअनुसार फोनको पछाडिपट्टिको माथिल्लो भाग पूरै क्यामेराले ढाकिनेछ । साथै, टाइटेनियम फ्रेमको सट्टा यसपटक एल्युमिनियम फ्रेम प्रयोग गरिने अनुमान छ ।

फोनको डिस्प्लेमा ‘एन्टी–रिफ्लेक्टिभ’ प्रविधिसहितको म्याट फिनिस राखिनेछ, जसले उज्यालो स्थानमा समेत दृश्य राम्रोसँग देख्न सहयोग पुर्‍याउनेछ । अगाडिपट्टिको डाइनामिक आइल्यान्ड पहिलेभन्दा सानो आकारमा हुने र पछाडिको क्यामेरा बम्प आयातकार शैलीमा आउने चर्चा छ । यसपटक नयाँ कलर भेरियन्टका रूपमा कपर र डार्क ब्लु रंग देख्न सकिने अनुमान गरिएको छ ।

पर्फमेन्समा ए१९ प्रो चिप, १२ जीबी र्‍याम

आईफोन १७ प्रोमा एप्पलको नयाँ ‘ए१९ प्रो चिप’ जडान गरिनेछ, जुन तेस्रो पुस्ताको ३–नानोमिटर प्रविधिमा आधारित हुनेछ । मल्टिटास्किङ र एप्पल इन्टेलिजेन्सलाई सहज बनाउन र्‍याम ८ जीबीबाट बढाएर १२ जीबी पुर्‍याइनेछ ।

हाल एप्पल इन्टेलिजेन्स सपोर्ट गर्ने मोडेलहरूमा पर्फमेन्स चित्तबुझ्दो नभएको भन्दै एआई फिचर सुधार गर्न एप्पलले विशेष ध्यान दिने अपेक्षा गरिएको छ ।

क्यामेरा र भिडिओ क्षमतामा सुधार

सेल्फी क्यामेरा १२ मेगापिक्सेलबाट बढाएर २४ मेगापिक्सेल बनाइनेछ भने प्रो मोडेलमा ४८ मेगापिक्सेल टेलिफोटो लेन्स रहने चर्चा छ । साथै, अगाडि र पछाडिको क्यामेराबाट एकैसाथ भिडिओ खिच्न मिल्ने ‘डुअल भिडिओ रेकर्डिङ’ सुविधा र ८के क्वालिटीमा भिडिओ खिच्न सकिने क्षमताको थपिनेछ ।

ब्याट्री र चार्जिङमा ठुलो उकासो

आईफोन १७ प्रो म्याक्समा ५००० एमएएचभन्दा बढी क्षमताको ब्याट्री हुने जनाइएको छ । फोनमा एप्पलकै डिजाइनमा बनेको वाई–फाई ७ चिप प्रयोग गरिनेछ । साथै, क्यूआई २.२ सपोर्ट गर्ने चार्जरमार्फत २५ वाटको तीव्र वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ ।

एप्पल लोगोको स्थानमा परिवर्तन

यसपटक फोनको पछाडिपट्टिको एप्पल लोगोको स्थान पनि केही तल सारिनेछ । पछाडिपट्टिको आयातकार क्यामेरा बम्पको कारण लोगो सिधा बीचमा नरहने जनाइएको छ । यसले म्यागसेफ प्रयोगकर्तालाई सुरुमा अप्ठ्यारो हुन सक्ने अनुमान गरिएको छ ।

आईफोन १७ मा सिधै आईओएस २६

कम्पनीले अबदेखि नयाँ फोनसँगै अपरेटिङ सिस्टमको नाम पनि मिलाउने नीति लिएको बताइएको छ । त्यसअनुसार आईफोन १७ मा सिधै आईओएस २६ आउनेछ ।

यस बाहेक केहि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको दाबी अनुसार iphone 17 pro सिरिजको रंगमा पनि एपप्लले व्यापक परिवर्तन गर्ने दाबी गरिएको छ । रिपोर्टका अनुसार iPhone 17 Pro र 17 Pro Max मोडेलहरू यस वर्ष कालो (black), सेतो (white), खैरो (grey) रंगमा मात्र नभई, गाढा निलो (dark blue) र सुन्तला (orange) रंगमा पनि आउन सक्ने सम्भावना छ। आईफोन १७ सिरिज आगामी दुई महिनाभित्र सार्वजनिक हुने तयारीमा रहेको छ । एप्पलले विगतमा जस्तै सेप्टेम्बर महिनामा नयाँ आईफोन सार्वजनिक गर्ने अनुमान गरिएको छ । यद्यपि यी सबै विवरणहरू एप्पलले औपचारिक रूपमा पुष्टि गरिसकेको छैन । तर, अघिल्ला वर्षहरूमा जस्तै आपूर्तिकर्ता र प्रडक्ट टिमबाट लिक भएका जानकारीहरू धेरै हदसम्म यथार्थमा आधारित हुने गरेका छन् ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Apple AWE event
ग्याजेट्स

“Apple Awe Dropping” इभेन्टमा iPhone 17 बाहेक अरु के – के हुँदै छ सार्वजनिक ?

अगस्ट 31, 2025
Phone has ear
ग्याजेट्स

भित्ताको थाहा भएन , मोबाइलको चाही कान हुन्छ !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura