Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

“Apple Awe Dropping” इभेन्टमा iPhone 17 बाहेक अरु के – के हुँदै छ सार्वजनिक ?

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 31, 2025
0
Apple AWE event
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ। एप्पलले आगामी सेप्टेम्बर ९, २०२५ मा “Apple Awe Dropping” इभेन्ट मार्फत आफ्नो नयाँ iPhone 17 सिरिज सार्वजनिक गर्ने भएको छ। यस इभेन्टमा iPhone 17 का साथै AirPods Pro 3, Apple Watch Ultra 3 लगायतका नयाँ उत्पादनहरू पनि प्रस्तुत हुने बताइएको छ।


iPhone 17
अनलाइन प्राप्त lekas र रिपोर्टका अनुसार, पहिलो पटक हेर्दा, सामान्य iPhone 17, iPhone 16 जस्तै देखिन सक्छ, तर यसमा महत्वपूर्ण सुधारहरू गरिएको छ।  यसमा अन्ततः १२०Hz ProMotion डिस्प्ले हुनेछ जसले स्क्रोलिङ्गलाई अझ सुचारु बनाउने बताइएको छ। विश्लेषक Ross Young का अनुसार, यसको स्क्रीन अलिकति ठूलो भएर ६.३ इन्चको हुनेछ र यसमा A19 चिप प्रयोग गरिएको बताइएको छ। हुनेछन्। यसमा गुलाबी, हरियो, निलो, सेतो र कालो रंग आशा गर्न सकिने बताइएको छ।  iPhone 17 मोडेलको मूल्य करिब $800 (करिब रु ११२,०३५ नेपाली रुपैयाँ ) हुने अपेक्षा गरिएको छ।


iPhone 17 Air
प्लस मोडेलको सट्टा, एप्पलले आफ्नो iPhone परिवारमा नयाँ सदस्य थप्न सक्ने सम्भावना रहेको बताइएको छ। यो नयाँ मोडेल iPhone Air अत्यन्तै पातलो हुने बताइएको छ र यसको मोटाई केवल ५.५ मिमी मात्र हुने सम्भावना छ। ब्लूमबर्गका अनुसार, यसमा ६.६ इन्चको ProMotion डिस्प्ले र एप्पलको Dynamic Island सुविधा समावेश हुने अपेक्षा गरिएको छ। iPhone Air को पछाडिको भागमा ४८ मेगापिक्सेलको क्यामेरा हुने अनुमान गरिएको छ। यसमा सामान्य A19 चिप र एप्पलको पहिलो इन-हाउस मोडेम रहने अनुमान गरिएको छ, तर mmWave 5G समर्थन नगर्ने सम्भावना छ। पातलो डिजाइनका कारण, Air मा physical SIM card समर्थन नहुन सक्छ र प्रयोगकर्ताहरूले eSIM प्रयोग गर्न पर्ने हुन सक्छ। यस मोडलमा Camera Control बटन पनि उपलब्ध हुन सक्ने बताइएको छ। iPhone Air को मूल्य करिब $900 (करिब रु १२६,४०० नेपाली रुपैयाँ) हुने अपेक्षा गरिएको छ र कालो, सिलभर, गोल्डेन, र हल्का निलो रंगमा उपलब्ध हुने अनुमान गरिएको छ।


iPhone 17 Pro/ Pro Max
यदि लिक भएका डमी मोडेल र रेंडरहरू विश्वास गर्न सकिन्छ भने, iPhone 17 Pro र Pro Max मा मोटा क्यामेरा बम्प हुनेछन्, जुन गुगलको Pixel जस्तो देखिनेछ। विश्लेषक Ming-Chi Kuo का अनुसार, यस नयाँ डिजाइनमा तीनवटा ४८ मेगापिक्सेल सेन्सर रहनेछन्, जसले एप्पलको Pro लाइनको सबैभन्दा स्पष्ट क्यामेरा प्रदान गर्नेछ।


रिपोर्ट अनुसार, फ्रन्ट क्यामेरा २४ मेगापिक्सेल हुने अपेक्षा छ। Pro मोडेलमा A19 Pro चिप र १२GB RAM हुने बताइएको छ। ब्याट्री क्षमता बढाउन Pro Max मा मोटा चेसिस हुनसक्छ। यस मोडलमा, टाइटेनियमको सट्टा एल्युमिनियम प्रयोग हुन सक्ने अनुमान गरिएको छ, जसले गर्दा वेट लाइट (Light weight) हुने अनुमान गर्न सकिन्छ। रंग विकल्पहरू सेतो, कालो, नेभी ब्लु र सुन्तला (bold orange) हुन सक्ने बताइएको छ।


Apple Watch Ultra 3
एप्पलको wearable लाइन पनि अपडेट हुँदैछ। मुख्य आकर्षण Watch Ultra 3 हुनसक्छ, जसले स्याटेलाइट म्यासेजिङ्ग समर्थन गर्नेछ, र अलिक ठूलो डिस्प्ले पनि हुनसक्छ।
नयाँ Watch Series 11 र Ultra 3 मा 5G RedCap मोडेम रहने र उच्च रक्तचापको चेतावनी दिने स्वास्थ्य सुविधा पनि समावेश हुनसक्छ।
बजेट प्रयोगकर्ताका लागि Apple Watch SE 3 नयाँ डिजाइनमा आउने अपेक्षा गरिएको छ, तर सस्तो प्लास्टिक केसिङ्ग प्रयोग नगर्ने निर्णय गरिएको छ। सबै नयाँ घडीमा S11 चिप रहनेछ, जुन Series 9 र 10 को आर्किटेक्चरमा आधारित छ।


Air Pods Pro 3
एप्पलको AirPods Pro 3 मा स्वास्थ्यसम्बन्धी ठूलो सुधार हुने अपेक्षा गरिएको छ। Powerbeats Pro 2 बाट इन्स्पायर भएर, यी ear pods ले हृदय गति ट्र्याक गर्न सक्ने अनुमान गरिएको छ। यसमा नयाँ H3 चिप र AirPods 4 जस्तो सानो डिजाइन भएको नयाँ चार्जिङ्ग केस पनि हुने बताइएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Phone has ear
ग्याजेट्स

भित्ताको थाहा भएन , मोबाइलको चाही कान हुन्छ !

अगस्ट 29, 2025
nothing phone 3
ग्याजेट्स

Nothing Phone (3)  सार्वजनिक भएको केही समयमै ग्राहकको असन्तुष्टी बढ्दै , यस्तो छ कारण !

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura