काठमाडौं ।एप्पलले आफ्नो भिडियो कलिङ सेवा फेसटाइममा नग्नता देखिएमा कल स्वचालित रूपमा रोकिने नयाँ सुरक्षा फिचर परीक्षण गरिरहेको छ। कम्पनीको आगामी अपरेटिङ सिस्टम आईओएस २६ मा यस्तो संवेदनशील सामग्री पहिचान गर्ने प्रविधि समावेश गरिने जनाइएको छ।
यो सुविधा हाल डेभलपर संस्करणमार्फत परीक्षण भइरहेको आईओएस २६ मा देखिएको हो। ‘आईडिभाइस हेल्प’ नामक एक्स (पूर्व ट्विटर) प्रयोगकर्ताले सार्वजनिक गरेको विवरणअनुसार, भिडिओ कलका क्रममा नग्नता देखिएमा स्क्रिनमा पप-अप सन्देश देखिनेछ र अडियो–भिडिओ स्वतः ‘पज’ हुनेछ। सन्देशमा लेखिएको हुन्छ: “तपाईंले संवेदनशील दृश्य देखाइरहनुभएको हुन सक्छ, त्यसैले अडियो र भिडिओ पज गरिएको छ। यदि तपाईं असहज महसुस गरिरहनुभएको छ भने, कृपया कल अन्त्य गर्नुहोस्।”
उक्त अवस्था आएपछि प्रयोगकर्तालाई कल पुनः सुचारु गर्ने वा अन्त्य गर्ने विकल्प दिइनेछ। सुरुमा बालबालिकाका लागि डिजाइन गरिएको यो ‘फेमिली टुल्स’ अन्तर्गतको सुविधा भए पनि हाल परीक्षणको क्रममा अन्य प्रयोगकर्ताको खातामा पनि देखिन थालेको हो।
यद्यपि, परीक्षण संस्करणमा यस फिचरलाई अन/अफ गर्ने विकल्प उपलब्ध भए पनि ‘अफ’ गरेपछि समेत सुविधा सक्रिय रहने प्रयोगकर्ताहरूले बताएका छन्। यसले प्रणालीमा कुनै प्रविधिक त्रुटि हुन सक्ने आशङ्का पैदा गरेको छ।
यस फिचरले एप्पलले प्रयोगकर्ताको व्यक्तिगत भिडिओ हेर्छ कि भन्ने चिन्ता पनि जन्माएको छ। तर एप्पलको भनाइअनुसार यस्तो विश्लेषण फोनभित्रै ‘अन–डिभाइस मेशिन लर्निङ’ प्रविधिबाट हुन्छ, जसमा प्रयोगकर्ताको निजी सामग्री एप्पलले हेर्न सक्दैन।
आईओएस २६ को पब्लिक बेटा संस्करण यही जुलाई महिनाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ भने अन्तिम संस्करण सेप्टेम्बर मा उपलब्ध हुनेछ।
मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर !
उनी हामी साधरण मान्छेको जस्तो कपडा , तरकारी जस्ता कुराहरुको शपिङमा निस्केका होइनन् ।