Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

खल्ती र आइएमई पे एकीकृत, यसरी गर्नुहोस्, एकाउन्ट लिङ्क !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 20, 2025
0
खल्ती र आइएमई पे एकीकृत, यसरी गर्नुहोस्, एकाउन्ट लिङ्क !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । नेपाली डिजिटल भुक्तानी सेवा क्षेत्रमा दुई ठूला वालेट कम्पनी खल्ती र आइएमई पे आज, (१ साउन २०८२) बाट आधिकारिक रूपमा एक आपसमा गाभिएका छन्। कम्पनीद्वयको एकीकरणसँगै अब खल्ती वालेटमै दुवैको डेटा एकीकृत गरिएको छ। यससँगै एउटै एपमार्फत सेवा लिन सकिने सुविधा मिलाइएको छ र एकिकृत कारोबार पनि सुरु भइसकेको छ।कम्पनीका अनुसार दुवै वालेट प्रयोग गर्दै आएका वा केवल आइएमई पे प्रयोग गर्ने ग्राहकले आफ्नो खाता खल्तीमा आफैँ स्थानान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ। 

यस्तो छ आइएमई पे वालेटलाई खल्तीमा गाभ्ने तरिका:
प्रयोगकर्ताले आफ्नो IME Pay वालेटलाई Khalti एपसँग गाभ्नका लागि केही चरणहरू पूरा गर्नुपर्ने हुन्छ।

यसका लागि सुरुमा IME Pay एप खोलेर ‘आफ्नो IME Pay Wallet लाई आजै Khalti Wallet सँग मर्ज गर्नुहोस्’ भन्ने सन्देश देखिने स्क्रिनमा पुग्नुपर्छ। त्यहाँ दिइएको ‘Merge Now’ विकल्प चयन गर्नुपर्ने हुन्छ। यदि प्रयोगकर्ताले खल्ती एपमार्फत यो प्रक्रिया सुरु गर्न चाहन्छन् भने, एप खोलिसकेपछि स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेको IME Pay को लोगोमा ट्याप गरेर अगाडि बढ्न सकिन्छ।

त्यसपछि Khalti सँग मर्ज गरेपछि प्राप्त हुने फाइदाहरूको विवरण समेटिएको एउटा जानकारी पृष्ठ देखिन्छ। उक्त जानकारी हेरेपछि, स्क्रिनको अन्त्यतिर रहेको रातो एरो आइकनमा ट्याप गरेर अर्को चरणमा जान सकिन्छ।

त्यसपछि प्रयोगकर्ताको खाता विवरण जस्तै नाम, फोन नम्बर, इमेल, जन्म मिति र कागजातहरू देखिन्छन्। यथार्थ विवरण पुष्टि गरेपछि ‘Proceed’ विकल्प थिच्नुपर्ने हुन्छ।

त्यसपछि प्रयोगकर्ता Khalti एपमा रिडाइरेक्ट हुनेछन्। त्यहाँ पनि पुनः ‘Proceed’ मा ट्याप गरेर प्रक्रिया निरन्तरता दिन सकिन्छ।

पछिल्लो चरणमा प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरमा प्राप्त भएको OTP कोड प्रविष्ट गरी ‘Continue’ मा ट्याप गर्नुपर्छ।

यदि प्रयोगकर्ताको खाता विवरणहरू दुवै प्लेटफर्ममा मिल्छन् भने, डेटा माइग्रेशनका लागि तयार भएको सूचना देखिनेछ। तर, विवरणहरूमा भिन्नता देखिएमा म्यानुअल रूपमा प्रमाणीकरणका लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ। यस्तो अवस्थामा, केही समय लाग्न सक्छ र आवश्यक परेको खण्डमा कम्पनीका प्रतिनिधिले प्रयोगकर्तालाई सम्पर्क गर्ने छन्।

डेटा मेल खाएको खण्डमा, प्रयोगकर्तालाई अन्तिमपटक आफ्नो विवरण पुनःजाँच गरेर ‘Confirm’ गर्न भनिन्छ।

आइएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बचत रकम र रिवार्ड पोइन्टको के स्थिति हुन्छ भन्ने प्रश्न उठाउँदै आएका थिए, जुन अब खल्तीमै थपिने व्यवस्था गरिएको छ। यहाँ आइपुग्दा प्रयोगकर्ताले IME Pay बाट Khalti मा माइग्रेट भएका विवरणहरू– जस्तै वालेटको मौज्दात रकम, KYC विवरण, कारोबारको इतिहास र रिवार्ड पोइन्टहरूको जानकारी देख्न सक्नेछन्। यहाँ पनि पुनः ‘Confirm’ गर्नुपर्ने हुन्छ।

मर्ज प्रक्रिया अन्तिम चरणमा पुग्दा, खाता गाभ्ने सहमतिस्वरूप एउटा पप-अप सम्झौतापत्र स्क्रिनमा देखिन्छ। त्यसमा रहेको दुवै चेकबक्समा ट्याप गरी ‘Confirm’ गर्नुपर्ने हुन्छ।

अन्ततः, ‘Start the Journey’ मा ट्याप गरेपछि प्रयोगकर्ताको IME Pay वालेट सफलतापूर्वक Khalti मा गाभिएको पुष्टि हुन्छ।

यस एकीकरणलाई नेपाली डिजिटल भुक्तानी प्रणालीमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई अझ सहज, सरल र एकीकृत भुक्तानी अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

fintech Rajendra Khetan
Featured Post

फिनटेक इन्डस्ट्रीमा खेतान समुहको प्रवेश , यस्तो छ व्यपारिक इतिहास !

सेप्टेम्बर 2, 2025
काठमाडौंमा अपराध बढ्यो, सबैभन्दा बढी बैंकिङ कसुर दर्ता
बैंकिङ तथा डिजिटल भुक्तानी

काठमाडौंमा अपराध बढ्यो, सबैभन्दा बढी बैंकिङ कसुर दर्ता

अगस्ट 13, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura