Writy.
आइतवार, जुलाई 20, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    बहुप्रतिक्षित एम ५ म्याकबुक प्रो आर्को वर्ष आउने !

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 20, 2025
    in ग्याजेट्स
    0
    apple m5
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं — एप्पलले सन् २०२५ मा नयाँ एम५ चिपसहितको म्याक सार्वजनिक नगर्ने योजना बनाएको छ । ब्लूमबर्गका टेक पत्रकार मार्क गुरमनका अनुसार, कम्पनीले नयाँ म्याकबुक एयर र म्याकबुक प्रो मोडेलहरू सन् २०२६ को पहिलो छ माहिनामा सार्वजनिक गर्ने कार्ययोजना भएको बताएका छन् ।

    यसअघि मार्क गुरमनले एप्पलले सन् २०२५ को अन्त्यतिर एम५ चिपयुक्त म्याकबुक प्रो सार्वजनिक गर्ने योजना बनाएको उल्लेख गरेका थिए । तर उनको पछिल्लो रिपोर्ट अनुसार, कम्पनी अहिले उक्त मोडेल सन् २०२६ सम्म सार्ने विषयमा आन्तरिक छलफलमा रहेको बुझिएको छ । हाल एप्पलले सो मोडेल सन् २०२६ को सुरुमा सार्वजनिक गर्ने लक्ष्य लिएको जनाइएको छ ।

    हालको एम४, एम४ प्रो र एम४ म्याक्स चिपयुक्त म्याकबुक प्रो मोडेलहरू सन् २०२४ को अक्टोबरमा घोषणा गरिएको र नोभेम्बरमा बजारमा ल्याइएको थियो । यदि एम५ मोडेलहरू २०२६ मा सारिने हो भने, एप्पलले एक वर्षको नियमित अपडेट चक्र यो पटक तोड्ने देखिन्छ । सामान्यतया एप्पलले सेप्टेम्बरमा नयाँ आइफोन घोषणा गरेपछि अक्टोबर वा नोभेम्बरमा नयाँ म्याक ल्याउने गर्छ ।
    गुरमनले एप्पलले एम५ चिपयुक्त म्याकबुक प्रोको सार्वजनिक मिति किन पछाडि सार्न लागेको भन्नेबारे स्पष्ट कारण उल्लेख गरेका छैनन् । तर उनले समयक्रम परिवर्तनशील रहेको भन्दै यो वर्षको अन्त्यअघिनै नयाँ म्याक सार्वजनिक हुने सम्भावना पनि नकार्न नसकिने बताएका छन् ।

    एम५ म्याकबुक प्रो मोडेलहरूमा चिप अपडेटबाहेक धेरै ठूलो परिवर्तन हुने सम्भावना छैन । एप्पलले ठूला परिमार्जन एम६ म्याकबुक प्रो मोडेलमा गर्ने तयारी गरेको बताइएको छ । नयाँ मोडेलमा ओएलईडी डिस्प्ले र नयाँ डिजाइनको केस प्रयोग गरिने अपेक्षा गरिएको छ । अघिल्ला रिपोर्टहरूले ओएलईडी म्याकबुक प्रो सन् २०२६ मा आउने बताएका थिए । तर यदि एम५ म्याकबुक प्रो नै सन् २०२६ मा आउने हो भने, ओएलईडी संस्करण २०२७ मा सारिने सम्भावना देखिन्छ । अर्को विकल्पका रूपमा, एप्पलले २०२६ को सुरुमा एम५ संस्करण र सोही वर्षको अन्त्यतिर ओएलईडी संस्करण सार्वजनिक गर्न सक्ने भए पनि त्यो अस्वाभाविक हुने गुरमनको बुझाइ छ ।

    एप्पलले एम५ चिपयुक्त म्याकबुक एयर पनि सन् २०२६ मा सार्वजनिक गर्ने योजना बनाएको छ, जसले हालको एम४ मोडेललाई प्रतिस्थापन गर्नेछ । यद्यपि केही दाबी अनुसार एप्पलले सन् २०२६ का लागि ए१८ प्रो चिप प्रयोग गरिएको म्याकबुकमा पनि काम गरिरहेको छ, तर गुरमनले उक्त विषयमा केही उल्लेख गरेका छैनन् ।

    एम५ चिपयुक्त म्याकबुक प्रो र म्याकबुक एयरसँगै एप्पलले नयाँ एक्सटरनल डिस्प्ले पनि ल्याउने तयारीमा रहेको बताइएको छ । यो डिस्प्ले सन् २०२२ मा सार्वजनिक गरिएको स्टुडियो डिस्प्लेको पछिल्लो संस्करण हुने अनुमान गरिएको छ र सन् २०२६ को सुरुवातमा बजारमा ल्याइने अपेक्षा गरिएको छ ।

    You might also like

    iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

    iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

    जुलाई 18, 2025
    सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

    सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

    जुलाई 14, 2025
    Tags: featured tag
    Aanchal Nepal

    Aanchal Nepal

    Related Stories

    iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

    iPhone 17 Pro सिरिजको कलर लिक ! अरु के-के छन् प्रमुख विशेषता ?

    by Tech MaKura
    जुलाई 18, 2025
    0

    काठमाडौँ । एप्पलको बहुप्रतीक्षित स्मार्टफोन ‘आईफोन १७ प्रो’ अबको दुई महिनाभित्र सार्वजनिक हुने भएको छ । एप्पलले अघिल्लो वर्ष सार्वजनिक...

    सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

    सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

    by Aanchal Nepal
    जुलाई 14, 2025
    0

    "हामी यस्तो उपकरण बनाउने सोचमा छौँ जुन बोकेर हिँड्न नपरोस्, बरु शरीरमै लगाउन मिलोस्।"

    iphone 26 feature

    iPhone को नयाँ फिचर: फेसटाइममा नग्नता देखिए भिडिओ रोकिने !

    by Tech MaKura
    जुलाई 8, 2025
    0

    यो सुविधा हाल डेभलपर संस्करणमार्फत परीक्षण भइरहेको आईओएस २६ मा देखिएको हो। ‘आईडिभाइस हेल्प’ नामक एक्स (पूर्व ट्विटर) प्रयोगकर्ताले सार्वजनिक...

    12GB & 8GB phones discussing

    स्मार्ट फोनको १२ जिबी RAM छैन  खास्सै काम ! किन ? 

    by Tech MaKura
    जुन 29, 2025
    0

    आजकल हरेक दोस्रो फोनमा १२ जीबी र्‍यामको चर्चा सुनिन्छ। फोनको बेस मोडेल ८ जीबीको र त्यसपछि सीधा १२ जीबीको आउँछ।...

    Popular News

    • विवाहेत्तर सम्बन्ध भाइरल भए पछि जागिर चैट ! 

      विवाहेत्तर सम्बन्ध भाइरल भए पछि जागिर चैट ! 

      0 shares
      Share 0 Tweet 0
    • नेपालले दोस्रोपटक जित्यो ‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ अवार्ड

      0 shares
      Share 0 Tweet 0
    • विजेतालाई कार दिन नसके पछि बिशाल भण्डारीले फेसबुक मार्फत गुहारे प्रधानमन्त्री !

      0 shares
      Share 0 Tweet 0
    • गुगल म्यापमा धरहरा लेख्दा सेतो टावर कसरी देखियो ?

      0 shares
      Share 0 Tweet 0
    • बहुप्रतिक्षित एम ५ म्याकबुक प्रो आर्को वर्ष आउने !

      0 shares
      Share 0 Tweet 0

    Recommended

    फोन हरायो? तपाईंले तुरुन्तै गर्नु पर्ने ५ काम (नत्र ठूलो झन्झट!)

    फोन हरायो? तपाईंले तुरुन्तै गर्नु पर्ने ५ काम (नत्र ठूलो झन्झट!)

    5 महिना ago
    गुगल म्यापमा धरहरा लेख्दा सेतो टावर कसरी देखियो ?

    गुगल म्यापमा धरहरा लेख्दा सेतो टावर कसरी देखियो ?

    5 घण्टा ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • Home
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • फ्याक्ट चेक
    • इन्टरनेट
    • एआइ
    • ई-स्पोर्ट
    • ग्याजेट्स

    © 2025 Tech MaKura