Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

माइक्रोसफ्टले गर्‍यो सर्तकता अपनाउन आह्वान: शेयरप्वाइन्ट सर्भरमा आक्रमणको सम्भावना !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 22, 2025
0
माइक्रोसफ्टले गर्‍यो सर्तकता अपनाउन आह्वान: शेयरप्वाइन्ट सर्भरमा आक्रमणको सम्भावना !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ — विश्वव्यापी रूपमा प्रयोगमा रहेका सर्भर सफ्टवेयरमा साइबर आक्रमणको सम्भावना देखिएको भन्दै माइक्रोसफ्टले उच्च सतर्कता अपनाउन ग्राहकहरूलाई अनुरोध गरेको छ।
माइक्रोसफ्टले एक विज्ञप्तिमार्फत आफ्ना प्रयोगकर्ताहरूलाई सर्भर सुरक्षाका लागि तुरुन्तै सुरक्षा अपडेट (सेक्युरिटी प्याच) लागू गर्न आह्वान गरेको हो। कम्पनीका अनुसार हाल यो समस्या विशेषगरी “शेयरप्वाइन्ट सर्भर” मा देखिएको हो भने, क्लाउडमा आधारित “शेयरप्वाइन्ट अनलाइन” भने सुरक्षित रहेको उल्लेख गरेको छ।
अमेरिकी समाचार संस्था रोयटर्सका अनुसार, अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आक्रमणको विषयमा जानकारी प्राप्त गरिसकेको छ र अनुसन्धानका लागि विभिन्न सरकारी तथा निजी संस्थासँग सहकार्य गरिरहेको छ।
‘द वाशिङ्टन पोस्ट’ले उद्धृत गरेको विवरणअनुसार पछिल्ला केही दिनयता अज्ञात ह्याकरहरूको एक समूहले हालसालै पत्ता लागेको नयाँ कमजोरी (भल्नराबिलिटी) को फाइदा उठाउँदै अमेरिकी र अन्य देशका सरकारी तथा व्यावसायिक प्रणालीहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ।
साइबर सुरक्षा विशेषज्ञहरूले यो घटनालाई ‘जिरो डे एक्स्प्लोइट’ को रूपमा परिभाषित गरेका छन् — जुन प्रकारको कमजोरी पूर्व जानकारीबिना प्रयोग गरेर आक्रमण गरिन्छ। यस्तो खालको आक्रमणबाट हाल विश्वभरका हजारौँ सर्भरहरू जोखिममा परेको उनीहरूको भनाइ छ।
माइक्रोसफ्टले स्पष्ट पारेअनुसार उक्त कमजोरीका कारण आधिकारिक पहुँच प्राप्त व्यक्तिले समेत नेटवर्कमार्फत ‘स्पुफिङ’ प्रविधिको प्रयोग गरी ठगी वा गलत उद्देश्यले प्रणालीमा पहुँच गर्न सक्ने खतरा रहेको छ। यसमार्फत आक्रमणकारीले आफूलाई कुनै विश्वासिलो प्रयोगकर्ता वा संस्थाका रूपमा प्रस्तुत गरेर संवेदनशील डाटा चोर्न सक्ने सम्भावना रहन्छ।
कम्पनीले ‘शेयरप्वाइन्ट सब्सक्रिप्सन एडिसन’ प्रयोगकर्ताहरूका लागि आवश्यक सुरक्षात्मक अपडेट जारी गरिसकेको छ भने सन् २०१६ र २०१९ संस्करणहरूका लागि पनि अपडेट तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएको छ।
यदि प्रयोगकर्ताहरूले सुझाइएको सुरक्षा अपडेट लागू गर्न सकेनन् भने, सर्भरलाई अस्थायी रूपमा इन्टरनेट जडानबाट हटाउनुपर्ने सुझाव समेत माइक्रोसफ्टले दिएको छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Balidan
साइबर अपराध

फेसबुकमा फेक  तस्बिर राखेर बलिदानले अमेरिकामा हजार शो पाएको सन्तोष सेनको दाबी

सेप्टेम्बर 2, 2025
America hack
साइबर अपराध

चिनियाँ ह्याकिङ समूहले गरे २०० भन्दा बढी अमेरिकी कम्पनी ह्याक 

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura