Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

Microsoft कै कर्मचारीले गरे मुख्यालयमा प्रदर्शन, यस्तो छ कारण 

आँचल नेपाल by आँचल नेपाल
अगस्ट 24, 2025
0
Microsoft

image at Microsoft headquarters

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। माइक्रोसफ्टले इजरायलसँग गरेको क्लाउड सम्झौताविरुद्ध अमेरिकाको रेडमण्डस्थित कम्पनीको मुख्यालयमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा माइक्रोसफ्टकै कर्मचारीसहित १८ जना पक्राउ परेका छन्।

प्रदर्शन ‘नो एज्योर फर अपार्थाइड’ भन्ने समूहले आयोजना गरेको थियो। यस समूहले माइक्रोसफ्टको एज्योर क्लाउड सेवा इजरायलको सेना र गोप्य एजेन्सी युनिट ८२००ले प्रयोग गरिरहेको भन्दै विरोध जनाएको थियो। समूहका अनुसार, यस प्रविधिले फिलिस्तिनी नागरिकहरूको निगरानी र लक्षित हमलामा सहयोग गरेको छ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले कम्पनीको साइनबोर्डमा रातो रङ लगाएको देखिएको थियो। रेडमण्ड प्रहरीका अनुसार, पहिलो दिन शान्तिपूर्ण रूपमा प्रदर्शन भए पनि दोस्रो दिन केही प्रदर्शनकारी आक्रामक बनेका थिए। प्रदर्शनकारीहरूले पैदलयात्री पुल अवरुद्ध गर्दै टेबल र कुर्सीको प्रयोग गरेर विरोध गरेका थिए। 

पक्राउ पर्नेमा माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर अन्ना ह्याटल, पूर्वकर्मचारी होसाम नसर र वानिया अग्रवाल रहेका छन्। मेडियाका अनुसार, माइक्रोसफ्टले यस घटनामा संलग्न व्यक्तिहरूलाई प्रपरटि लस, र अवैध प्रवेशका आरोपमा पक्राउ गरेको हो। 

यस प्रदर्शनले प्रविधि कम्पनीहरूको सामाजिक जिम्मेवारी र व्यक्तिगत डाटाको दुरुपयोगको जोखिमबारे बहस सिर्जना गरेको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Data analyst course
फिचर्ड

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

सेप्टेम्बर 2, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura