Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    सामाजिक सञ्जालमार्फत व्यापार गर्न अब दर्ता अनिवार्य

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 30, 2025
    in सोसल मिडिया
    0
    सामाजिक सञ्जालमार्फत व्यापार गर्न अब दर्ता अनिवार्य
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौँ । सामाजिक सञ्जाल प्रयोग गरेर सामान वा सेवा बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अब अनिवार्य रूपमा सरकारी ई–कमर्स पोर्टलमा दर्ता गर्नुपर्ने भएको छ। सोमबार एक बिज्ञप्ति जारी गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचीकृत गर्न अनुरोध गरेको हो ।

    सरकारले ई–कमर्स ऐन, २०८० अन्तर्गत सामाजिक सञ्जालजस्ता अनलाइन माध्यमबाट गरिने व्यापारलाई औपचारिक बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक वा आफ्नै वेबसाइटमार्फत सामान बिक्री गर्ने सबै नयाँ व्यवसायीहरूका लागि लागू हुनेछ।

    सूचना तथा प्रविधि विभागअन्तर्गतको ई–कमर्स पोर्टल (ecommerce.gov.np) मा दर्ताका लागि निम्न कागजात अनिवार्य गरिएको छः

    • नेपाली नागरिकताको प्रमाणपत्र
    • नवीकरण गरिएको कम्पनी वा व्यवसाय दर्ता प्रमाणपत्र
    • स्थायी लेखा नम्बर (PAN) वा VAT दर्ता प्रमाणपत्र
    • कर तिर्न गरेको प्रमाण

    दर्ता गर्दा जुन अनलाइन प्लेटफर्म प्रयोग गरेर कारोबार गरिन्छ (जस्तै फेसबुक पेज वा वेबसाइट), त्यो जानकारी पनि फारममा उल्लेख गर्नुपर्नेछ।

    सरकारले गत वर्षको साउन ३ गते (२०८०) भित्र सबै अनलाइन व्यवसायहरूलाई दर्ता गर्न समय दिएको थियो। तर, उक्त समयभित्र दर्ता नभएका वा पहिलेदेखि नै सामाजिक सञ्जालमार्फत अनौपचारिक रूपमा व्यापार गरिरहेका व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउने बारे विभागले केही जानकारी दिएको छैन। 

    सूचना विभागका अनुसार हाल यो नियम मुख्यतः नयाँ व्यवसाय थाल्न लागेकाहरूका लागि लागू गरिएको हो। पुराना व्यवसायहरूलाई पनि दर्ता गर्न प्रोत्साहित गरिए तापनि कारबाहीबारे स्पष्ट निर्देशन आउन बाँकी छ।

    विभागले सामाजिक सञ्जालमा अनौपचारिक रूपमा भइरहेको व्यापारलाई कानुनी दायरामा ल्याउने उद्देश्यले यो प्रक्रिया अघि बढाएको जनाइएको छ। अनलाइन खरिदमा ठगी, ढिला डेलिभरी, फिर्ता नीति अभावलगायतका गुनासो बढ्दै गएकाले उपभोक्ताको हक–हित जोगाउन दर्ता अनिवार्य गरिएको बताइएको छ।

    थप जानकारी वा दर्ता प्रक्रिया सम्बन्धी सहयोगका लागि प्रयोगकर्ताले www.ecommerce.gov.np मा जानकारी लिन वा आवेदन दिन सक्नेछन्।

    Related Stories

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    प्रहरी स्रोतका अनुसार पछिल्लो समय सामाजिक संजाल टिकटकमा  उद्दण्ड दृश्यसहितका  भिडिओ पोस्ट गर्न थालेपछि उनी माथी निगरानी बढाइएको थियो

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।  चलचित्र हुँदै  राजनितिमा प्रवेश गरेका अभिनेता तथा नेता रवी किशन सामाजिक संजालमा ट्रोलको शिकार हुन पुगेका छन्, ।...

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं । पूर्वयुवराज हृदयन्द्र शाहको यतिबेला सामाजिक संजालमा वाहवाही  भइरहेको छ । आफ्नो २३ औं जन्मदिनको अवसरमा हृदयन्द्रले आफ्नो फेसबुक...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    mark zukerberg

    मेटाले फेसबुकमा नक्कल सामग्रीविरुद्ध निगरानी कडा पार्दै, करोडौं नक्कली अकाउन्ट हटाइयो

    3 हप्ता ago
    अबको सबैभन्दा पातलो स्मार्टफोन: Samsung Galaxy S25 Edge, २००MP क्यामेरासहित!

    अबको सबैभन्दा पातलो स्मार्टफोन: Samsung Galaxy S25 Edge, २००MP क्यामेरासहित!

    3 महिना ago

    गुगलमा च्याट लिक भएपछि ओपन एआइ (ChatGpt) ले हटायो सर्च र सेयर फिचर

    by Tech MaKura
    अगस्ट 3, 2025
    0

    यसरी प्राप्त हुने च्याटमा (ChatGpt) प्रयोगकर्ताको  नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो । 

    Read moreDetails

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura