Writy.
सोमवार, अगस्ट 11, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवधि एक दिन थप

Tech MaKura by Tech MaKura
अगस्ट 10, 2025
0
XEV 9e

XEV 9e

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) केन्द्रित नेपालकै सबैभन्दा ठूलो अटो शो ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ अब निर्धारित समयभन्दा एक दिन बढी सञ्चालन हुने भएको छ। नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)ले अवलोकनकर्ताको असाधारण आकर्षणका   कारण प्रदर्शनीको अवधि थप्ने निर्णय गरेको हो।

साउन २१ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी प्रारम्भिक योजना अनुसार साउन २५ गतेसम्म चल्ने तय गरिएको थियो। तर,  दर्शकको ठूलो सहभागिता र विभिन्न ब्रान्डका स्टलमा देखिएको भीडका कारण आयोजकले एक दिन थपेर अब साउन २६ गते (सोमबार) सम्म सञ्चालन गर्ने घोषणा गरेको हो।

 प्रदर्शनीमा विद्युतीय सवारीका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको भव्य सहभागिता छ। चार पाङ्ग्रे ईभी सेग्मेन्टमा बीवाईडी, एस्ट्रोन, फोर्थिङ, ग्रेटवाल मोटर्स, हुन्डाई, केई, किआ, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, एमजी, ओमोडा, जेइको, प्रोटोन र जिकरजस्ता ब्रान्ड उपस्थित छन्। दुई पाङ्ग्रे सेग्मेन्टमा एथर, गोगोरो, निउ, रिभोल्ट, याडिया र जिहोका मोडेल राखिएका छन्। साथै, व्यावसायिक प्रयोजनका लागि चेरी वान्डा, डोङफेङ, किङलङ, सनलङ, फेरजोन, ह्वाजी, कामा र केरी जस्ता कम्पनीका गाडी पनि प्रदर्शनीमा छन्।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Stress watch
ग्याजेट्स

स्मार्ट वाचले तनाव ट्र्याक गर्दैन, यस्तो छ अपेक्षा र वास्तविकता बिचको दुरी  !  

अगस्ट 11, 2025
Macbook price drop
ग्याजेट्स

अमेरिकामा MacBook Air M4 मा २०% छुट, नेपाली बजारमा मूल्य घट्ने सम्भावना???

अगस्ट 11, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

mark zukerberg
फिचर्ड

१४ अर्बको ‘राजमहल’: मार्क जुकरबर्गको निजी सम्पत्तिमा के छन् विशेषता?

अगस्ट 11, 2025
Smart car hacking
AI

पार्किङमा राखेको गाडी कैयौँ  किलोमिटर टाढाबाट आफै स्टार्ट !

अगस्ट 11, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura