Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

नेपाल टेलिकमको ब्याक टोनले जनता हैरान भएको भन्दै सर्वोच्चमा रिट

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 24, 2025
0
NTC ringtone
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवाले उपभोक्ताहरू हैरान बनाएको भन्दै उक्त सेवा बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा, नेपाल टेलिकमले मेलापर्व, दिवस र उत्सवका अवसरमा प्रयोगकर्ताको अनुमति बिना सीआरबीटी बजाउने गरेको उल्लेख गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाउँदै रिट दायर गरिएको हो।

रिट निवेदनमा, “प्रयोगकर्ताले हरेक फोन गर्दा अनावश्यक गीत, कविता वा सन्देशहरू सीआरबीटीका रूपमा बजाइन्छ, जसले मानसिक तनाव र असहजता सिर्जना गरेको छ।” भनेर उल्लेख गरिएको छ।  अधिवक्ता पोखरेलका अनुसार, “यो प्रक्रिया प्रयोगकर्ताको स्वीकृति बिना गरिएकोले, दूरसञ्चार सेवामा अप्रत्यक्ष अवरोध र गुणस्तरमा गिरावट आएको छ।” सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि यस सेवाविरुद्ध व्यापक विरोध भइरहेको देख्न सकिन्छ।

यसले गर्दा उपभोक्ताहरू अन्य निजी दूरसञ्चार सेवाप्रति आकर्षित भई राज्यको आम्दानी र राजस्वमा गम्भीर असर परेको रिटमा जिकिर गरिएको छ ।

अधिवक्ता पोखरेलले भनेका छन्, “माथिल्लो निकायको आदेश र निर्देशनमा टेलिकमले सीआरबीटी बजाउने गरेको छ । यो बन्द गर्न माग गर्दै मैले रिट दायर गरेको हुँ ।”

प्राप्त जानकारी अनुसार, गत साउन १९ गते सर्वोच्च अदालतमा दायर गरिएको रिटलाई प्रारम्भमा रजिस्ट्रार मानबहादुर कार्कीले दरपीठ गरेका थिए । साउन २१ गते दरपीठ भएपश्चात् अधिवक्ता पोखरेलले त्यसलाई बदर गर्न माग गर्दै साउन २६ गते पुनः निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दरपीठको आदेशलाई बदर गरेको थियो।

गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुनै पनि सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्थाको स्थापना दिवस वा विशेष दिवससँग सम्बन्धित जानकारीमूलक सन्देश वा धुन नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिमा टेलिकम कम्पनीहरूले शुल्क लिएर बजाउन पाउने व्यवस्था गरेको थियो । 

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Data analyst course
फिचर्ड

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

सेप्टेम्बर 2, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura