Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

नेपालले दोस्रोपटक जित्यो ‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ अवार्ड

आँचल नेपाल by आँचल नेपाल
जुलाई 21, 2025
0
नेपालले दोस्रोपटक जित्यो ‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ अवार्ड
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर २०२४ अवार्ड प्रदान गरेको छ। आईसीसीको वार्षिक साधारण सभा सिंगापुरमा सम्पन्न भएको अवसरमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो।

सभाना आईसीसी अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, महासचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड हस्तान्तरण गरेका थिए।

आईसीसी विकास श्रेणीअन्तर्गत प्रदान गरिने यस अवार्डमा नेपाल एसिया क्षेत्रको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको थियो। यससँगै नेपालले दोस्रोपटक यो अवार्ड जित्न सफल भएको हो।

ग्लोबल छनोटको सूचीमा एसियाबाट नेपाल, अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया समावेश भएका थिए। तीमध्ये नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेको हो।

नेपाल क्रिकेट संघले डिजिटल माध्यममार्फत दर्शक, समर्थक र फ्यानहरूसँगको सम्पर्क र सहभागिता अभिवृद्धिमा पुर्‍याएको योगदानको मान्यतास्वरूप यो अवार्ड प्रदान गरिएको हो।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura