
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘णेप्से ऐ’ नामक एपमार्फत ठगीका घटनाहरु बढेको भन्दै आम सर्वसाधरणहरुलाई सचेत रहन आग्रह गरेको छ । सीआईबीले आज मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो । पछिल्ला दिनहरूमा फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न लोभ्याउने प्रवृत्ति बढेको विज्ञप्तिमा उल्लेख छ ।
ब्युरोका अनुसार, एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिइने र बैंक खाताबाट रकम चोर्ने घटनाहरू दर्ता भएका छन् । प्रहरीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको बताएको छ । नेप्से एआइको नाममा भएको ठगीको विषयलाई लिएर साइबर सुरक्षा विज्ञ सरोज लामिछानेले गरेको खुलासा बारे टेकमाकुराले यस अघिनै पनि समाचार सम्प्रेषण गरिसकेको छ । उक्त सामाग्रीमा घटना समबन्धी दुई विवरण र बच्ने उपायहरु समेत समावेश गरिएका छन्, । जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।
