काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जथाभाबी वाई-फाई हटस्पट सञ्चालन नगर्न इन्टरनेट सेवा प्रदायकहरूलाई चेतावनी दिएको छ । प्राधिकरणले आइतबार एक विज्ञप्ती जारी गर्दै हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत वाई-फाई हटस्पट संचालन गरिरहेका सेवा प्रदायकलाई यसो नगर्न चेतावनी दिएको हो ।
प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकहरूले मात्रै वाई-फाईको माध्यमबाट सिमलेस कनेक्टिभिटीरोमिङमोबिलिटी (Seamless Connectivity/ Roaming/ Mobility) प्रदान गर्न सक्ने व्यवस्था रहेको छ । यस बाहेकका सेवा प्रदायकले विनियमावलीको विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाई-फाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ भने विनियम ५ (१) अनुसार एक पटकको लग-इनबाट निश्चित समयावधि वा मात्राका लागि वाई-फाई हटस्पट सेवा प्रयोग गर्न सक्ने व्यवस्था छ । इन्टरनेट सेवा प्रदायकले यि शर्तहरु उल्लङ्घन गरेको प्राधिकरणको बुझाइ रहेको छ ।
यस बाहेक प्राधिकरणले वाई-फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७ ।४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहलब्याकबोन रेस्ट्रिक्सन (पोवेर लिमित्, ब्याकहौल ब्याकबोने रेस्टरिक्सन) लगायतका शर्तहरू अनिवार्य पालना गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । शर्तहरू पालना गरेर प्राधिकरणबाट टाइप-एप्रुभल भएका रेडियो उपकरणहरू मात्र प्रयोग गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।