काठमाडौं । संचार माध्यम अल्जाजिराको कपिराइट स्ट्राइकले गर्दा बन्द भएको नेपाल टेलिभिजन (ण्ट्व्) को युटुब च्यानल पाँच महिनाको कुटनैतिक पहल पछि बल्ल फिर्ता भएको छ । टेलिभिजनको डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारी पाएका नायब महाप्रबन्धक (डीजीएम) चिन्तामणि बरालले पाँच महिनाको कुटनैतिक प्रयास पछि NTV का चार वटनै युटुब च्यानल फिर्ता ल्याउन सफल भएको जनाएका हुन्, । “हामीले प्राविधिक रूपमा केही नगरी नितान्त कुटनैतिक पहलबाट च्यानल फिर्ता ल्याएका हौँ । ” बरालेले टेकमा कुरालाई बताए ।
बरालका अनुसार च्यानलमा समस्या देखिएपछि सुरुमा नेपाल टेलिभिजनले आफ्नो सम्बन्धित मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै कतारस्थित नेपाली दूतावासबाट अल जजिरासम्म सम्पर्क स्थापित गर्ने प्रयास गरेको थियो । यधप्पी सो माध्यमबाट काम अलिक सुस्त गतिमा हुने देखिएपछि पाल टेलिभिजन (सार्वजनिक प्रसारण सेवा) का अध्यक्ष महेन्द्र विष्ट र बरालले नेपालका लागि कतारका राजदूतसँग भेट गरी समस्या सुनाएका थिए ।
उक्त पहल पछि कतारका राजदूतले आफ्नै पहलमा अल जजिराका अधिकारीसँग बरालको सम्पर्क स्थापित गराइदिएका थिए । बरालको टोलीले अल जजिराले मागेका सबै कागजात पेस गरेको थियो । उक्त कागजातबाट नेपाल टेलिभिजनले अन्जानमा भिडिओ अपलोड गरेको पुष्टि भएपछि अल जजिराले च्यानल फिर्ता गरेको हो । “हामीबाट भुलवश अल्जाजीराको भिडिओ अपलोड भएको भन्ने कुरामा उनीहरु कन्भिन्स भए पछि क्रमश सबै च्यानल सोमबार सम्ममा फिर्ता भएका हुन् ।” बरालले भने । कपिराइट स्ट्राइकका कारण नेपाल टेलिभिजनका NTV national, NTV news , NTV plus र NTV Kohalpur सस्पेन्ड भएका थिए ।