Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

खाना खाँदै गर्दा जन्मेको आइडिया, ४ खर्ब अमेरिकी डलरको कसरी बन्यो Nvidia !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 10, 2025
0
nvidia 4 trillion company

source:generative ai

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका गृह पृष्ठहरू यतिबेला टेक जायन्ट कम्पनी Nvidia का समाचारहरूले भरिभराउ छन्। सार्वजनिक रूपमा कारोबार भई ४ खर्ब अमेरिकी डलरको बजार मूल्याङ्कनमा पुग्ने पहिलो कम्पनीको रूपमा स्थापित भएसँगै विश्वभर चर्चाको केन्द्रमा रहन सफल भएको हो एनभिडिया।
सन् १९९३ मा तीन जना साथीहरू सँगै बसेर खाना खाँदै गर्दा चलेको सामान्य गफगाफ—त्यही गफगाफलाई मूर्त रूप दिनका लागि सिलिकन भ्यालीको एउटा सामान्य अपार्टमेन्टबाट सुरु भएको थियो एनभिडिया। जुन ल्याटिन शब्द invida जस्तै सुनिन्छ र जसको अर्थ “डाह लाग्दो” भन्ने बुझिन्छ। त्यसका संस्थापकहरूले के सोचेर यो नाम चयन गरे भन्ने स्पष्ट नभए पनि वर्तमान समयमा एनभिडियाको सफलता देखेर संसारका धेरै मान्छेले साँच्चै डाह नगरेका होलान् भन्न सकिँदैन।

सन् १९९३ को कुरा गर्दा, त्यो यस्तो समय थियो जतिबेला इन्टरनेट प्रविधि पनि भर्खर बामे सर्ने अवस्थामा थियो—जसरी अहिले एआई प्रविधि बामे सरिरहेको छ। मानिसहरूमा एआईलाई लिएर उत्सुकता छ, यो प्रविधिले ठूलो सम्भावना बोकेको अनुमान छ। त्यही अनुमानलाई आधार मानेर अहिलेको विश्व एआईमा दिल खोलेर लगानी गरिरहेको छ। यो लगानीको सुनिश्चितता भने अहिले कसैले किटान गर्ने अवस्था छैन। ठिक त्यसैगरी, त्यो समयमा कम्प्युटर प्रविधिको भविष्य यही नै हो भनेर किटान गर्न सक्ने अवस्था थिएन।


यस्तो समयमा एनभिडियाका संस्थापकहरू जेनसेन हुआङ, क्रिस म्यालाचोस्की र कर्टिस प्रिम ले भने कम्प्युटर गेमिङको अनुभवलाई जीवन्त बनाउने सपना सहित Graphics Processing Unit (GPU) को परिकल्पना गरिरहेका थिए। यो परिकल्पना तत्कालीन समयमा निकै महत्वाकांक्षी थियो किनभने, सो समयमा यस क्षेत्रको विश्व बजारमा इन्टेल, एटीआई (आजको AMD), 3dfx जस्ता ठूला कम्पनीहरूको हालीमुहाली थियो। यद्यपि यी चुनौतीहरूका बाबजुद एनभिडिया ठूलो आट बोकेर बजारमा होमियो।


सुरुवाती वर्षहरूमा एनभिडियाले खासै उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन। यद्यपि सन् १९९९ मा एनभिडियाले उत्पादन गरेको ग्राफिक्स कार्डको RIVA series ले भने एनभिडियालाई पहिलो पटक सफलताको आशा देखायो। रिभा सिरिज लगत्तै आएको GeForce 256 ले भने एकाएक एनभिडिया विश्व बजारमा चर्चित हुन सफल भयो। GeForce 256 संसारकै पहिलो त्यस्तो GPU थियो जसले geometry, lighting, र textures लाई सजिलै व्यवस्थापन गर्न सक्थ्यो।


तर सफलताको आशा जगाउनु एउटा कुरा हो, चर्चा दिलाउनु नितान्त अर्को। तर व्यवसायिक रूपमा सफल हुनु यी दुबै कुराभन्दा नितान्त फरक कुरा हुने नै भयो।
यो समयसम्म सुदूर भविष्यको परिकल्पना रमाएर, अथक परिश्रम गर्नु बाहेक एनभिडियासँग अरु कुनै विकल्प थिएन। एनभिडियाले त्यही नै गरिरह्यो—नयाँ प्रोडक्ट बनायो, विफल भयो, प्रतिस्पर्धीको मारमा पर्यो, लगानीको समस्या झेल्यो, तर पनि हिम्मत हारेन।


हिम्मत र आशालाई मात्र ऊर्जाको स्रोतको रूपमा टिकाइरहेको एनभिडियाले सन् २००६ मा भने एउटा यस्तो सफ्टवेयर लन्च गर्‍यो, जसको जगमा नै आज एनभिडिया ४ खर्ब अमेरिकी डलरको मूल्याङ्कन हुने पहिलो सार्वजनिक रूपमा कारोबार हुने कम्पनी बन्न सफल भयो। एनभिडियाको उक्त सफ्टवेयर प्लेटफर्म थियो CUDA—एउटा यस्तो प्लेटफर्म जसले सिमुलेसन, डाटा प्रोसेसिङ र हालको समयसम्म आउँदा एआईलाई समेत एनभिडियाको GPU प्रयोग गर्न दिन्छ।


CUDA लन्च हुँदै गर्दा यसलाई खासै महत्वका साथ हेरिएको थिएन। तर सन् २०१० ताका जब विश्व प्रविधि क्षेत्रमा डिप लर्निङ को क्षेत्र—अर्थात् कम्प्युटरलाई मानवजस्तै सोच्न, सिक्न र निर्णय लिन प्रशिक्षण दिने प्रविधिबारे अनुसन्धान र आवश्यकताले व्यापकता पायो—तब एनभिडियाका GPU हरू वैज्ञानिकहरू, स्टार्टअपहरू र विश्वविद्यालयहरूका पहिलो रोजाइ बन्न थाले।
यस्तै एनभिडियाको RTX कार्डको लन्च ले पनि यसलाई सफलताको शिखरमा पुर्‍याउन अहम भूमिका निर्वाह गर्‍यो। जुन अहिले गेम खेल्ने मात्र होइन, मेटाभर्सदेखि सिमुलेसन, स्वास्थ्य अनुसन्धानदेखि सेल्फ ड्राइभिङ कार सबैमा अनिवार्यजस्तै बनिसकेको छ।


वर्तमान परिप्रेक्ष्यमा कुरा गर्नु पर्दा—हाल विश्वमा चर्चामा रहेको एआई प्रविधिको आधारशिला नै एनभिडिया हो भन्नेमा फरक पर्दैन। ChatGPT होस् या Meta को LLaMA, Google को Gemini होस् या Tesla को FSD—एनभिडियाका चिप्स बिना यी मोडेलहरू काम गर्न सक्दैनन्।
हालसम्म आइपुग्दा एनभिडिया अहिले हार्डवेयरमा मात्र सीमित छैन।


यसले अहिले क्लाउड GPU सेवा, AI training प्लेटफर्म (DGX Cloud), र स्वायत्त सर्भरहरू पनि सञ्चालन गरिरहेको छ। एनभिडियाको उपस्थितिलाई हामीले जुनसुकै रूपमा चित्रण गर्न सकिन्छ भने—हाल विश्व बजारमा एआई प्रविधिले जे जति हासिल गरेको छ र भविष्यमा जहाँ पुग्ने अनुमान गरिएको छ, त्यो उपलब्धिका लागि जग नै एनभिडिया हो।
अनि, यो जगलाई बलियो बनाउन अहोरात्र खट्ने व्यक्ति हुन्, एनभिडियाका संस्थापक तथा सीईओ जेनसेन हुआङ। प्रायः कालो लेदरमा देखिने टेक क्षेत्रका यी रकस्टार त्यस्ता व्यक्ति हुन्, जसले “अबको कम्प्युटिङ युग GPU र AI मा निर्भर हुन्छ” भन्ने भाष्य स्थापित गराइसकेका छन्।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura