Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

ओमोडा एन्ड जेइकोले देशव्यापी ‘मनसुन चेकअप क्याम्प’ अभियान सुरु गर्‍यो

टेकमाकुरा by टेकमाकुरा
जुलाई 7, 2025
0
Omonda banner

Source: Omonda

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइको ब्रान्डको अधिकृत वितरक एसपीजी अटोमोबाइल्सले मनसुन सिजनलाई लक्षित गर्दै ‘मनसुन चेकअप क्याम्प’ सार्वजनिक गरेको छ। कम्पनीले यो सेवा विशेष अफरसहित आगामी असार २५ देखि २७ गतेसम्म सञ्चालन हुने जनाएको छ, जसले सम्पूर्ण नेपालभरका ओमोडा–जेइको प्रयोगकर्तालाई लक्षित गरेको छ।

चेकअप क्याम्पको मुख्य उद्देश्य मनसुनको समयमा सवारी सुरक्षालाई सुनिश्चित गर्नु र नियमित मर्मतसम्भारमार्फत गाडीको कार्यसम्पादनलाई सुदृढ बनाउनु रहेको कम्पनीले जनाएको छ। यस्तो मौसममा गाडीहरू सुरक्षित र सक्षम अवस्थामा सञ्चालनमा रहून् भन्ने हेतुले विभिन्न सर्भिस छुटसहितको यो विशेष सेवा अभियान ल्याइएको हो।

तीनदिने अभियान अवधिभर ग्राहकहरूले सर्भिसिङ गर्दा श्रमिक ज्यालामा पूरै छुट पाउनेछन् भने ब्रेक प्याडको परिवर्तनमा पनि सोही सुविधा उपलब्ध हुनेछ। साथै, टप वास सेवामा पूर्ण छुट दिइनेछ। सस्पेन्सन पार्ट्स परिवर्तन गर्दा श्रमिक शुल्कमा ५० प्रतिशत छुट रहनेछ, भने आवश्यक स्पेयर पार्ट्स किन्नुपर्ने अवस्थामा १० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ।

कम्पनीका अनुसार, यो योजना राजधानी लगायत देशभर फैलिएका १२ वटा अधिकृत सर्भिस सेन्टरहरूमा एकैसाथ सञ्चालन गरिनेछ। काठमाडौँ उपत्यकाभित्र सीतापाइला र भक्तपुरका सर्भिस सेन्टरहरू समावेश छन् भने उपत्यका बाहिर वीरगञ्ज, बुटवल, नेपालगञ्ज, चितवन, धनगढी, पोखरा, इटहरी, विर्तामोड, दाङ र सुर्खेतका सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिनेछ।

कम्पनीले यो अभियानले ग्राहकहरूको सन्तुष्टि अभिवृद्धि गर्नका साथै दीर्घकालीन ब्रान्ड विश्वास निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरेको छ। मौसम परिवर्तनसँगै सवारी सुरक्षामा सचेतना र समयमै मर्मत सम्भारको महत्त्व बढिरहेको अवस्थामा यस्तो अभियानले नेपाली EV प्रयोगकर्तालाई सकारात्मक सन्देश दिने विश्वास लिइएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
EV car myth
इभी

५ – ८ वर्षमा EV को ब्याट्री काम नलाग्ने हुन्छ ? के भन्छ अध्ययन ?

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura