Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

के हो  “पासवर्ड म्यानेजर”, हजुरहरुलाई पनि आवश्यक छ कि  ?

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 24, 2025
0
Password manager
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। डिजिटल युगसँगै अनलाइन सुरक्षा चिन्ताको विषय बनेको छ। सामाजिक सञ्जालदेखि बैंकिङ एपसम्म, हरेक प्लेटफर्मको सुरक्षाका लागि फरक पासवर्ड आवश्यक पर्छ। तर ती सबै पासवर्ड सम्झनु धेरैलाई  झन्झटिलो र गाह्रो काम हुन सक्छ ।  सबै प्ल्याटफर्मको लागि एउटै पासवर्ड  राख्नु पनि सुरक्षाको हिसाबले राम्रो अभ्यास मानिदैन ।  । यसै  समस्याको समाधानका रूपमा पासवर्ड म्यानेजर एप्सको प्रयोग गर्न सकिन्छ।

पासवर्ड म्यानेजर भनेको के हो?

पासवर्ड म्यानेजर यस्तो एप हो, जसले तपाईंका सबै अनलाइन खाताका पासवर्डहरू सुरक्षित तरिकाले भण्डारण र व्यवस्थापन गर्छ। यसले बलियो पासवर्ड बनाउन सल्लाह दिन्छ र अनधिकृत पहुँचबाट पनि सुरक्षित राख्छ। यसले प्रयोगकर्तालाई दर्जनौं पासवर्ड सम्झिनु पर्ने झन्झटबाट मुक्त गराउँछ। प्रयोगकर्ताले एउटा मास्टर पासवर्ड मात्र सम्झनु पर्छ, र बाँकी सबै सुरक्षा र व्यवस्थापन एपले आफैं गरिदिन्छ।

कुन पासवर्ड म्यानेजरको प्रयोग गर्ने?

The  Verge  कि सम्पादक बार्बरा क्रानस्भको लेख अनुसार  मुल्याङ्कन र परीक्षणका आधारमा, हाल बजारमा सात उत्कृष्ट पासवर्ड म्यानेजरहरू उपलब्ध छन् । यी पासवर्ड म्यानेजरहरूमा Bitwarden, 1Password, Dashlane, LastPass, Keeper, र NordPass पर्दछन्। यी सबै एपहरू नेपालमा पनि   उपलब्ध छन्।

तीमध्ये Bitwarden सर्वाधिक सन्तुलित विकल्प  — निःशुल्क योजना, सुरक्षाको भरपर्दोपन र प्रयोगको सहजता यसका बलिया पक्ष हुन् । Bitwarden ले ओपन सोर्सको आधारमा सेवा दिँदा पारदर्शिता कायम गर्छ। यस्ता म्यानेजरहरूले एकपटकको मास्टर पासवर्डको भरमा अन्य सबै खाताको सुरक्षायुक्त पहुँच सुनिश्चित गर्छन्। त्यस्तै, Dashlane र 1Password जस्ता सेवाहरूले थप सुविधा, जस्तै डार्क वेब निगरानी र सुरक्षित नोट भण्डारण प्रदान गर्छन्।

तर नेपाली सन्दर्भमा चुनौती फरक छन्। पर्याप्त डिजिटल साक्षरता नहुनु, पासवर्ड म्यानेजरबारे जानकारीको अभाव, र कहिलेकाहीं इन्टरनेट पहुँचसमेत सीमित हुनुले यस्ता उपकरणको पहुँच र उपयोगमा अवरोध पुर्याएको छ। त्यस्तै, विदेशी पासवर्ड म्यानेजरमा नेपाली उपभोक्ताको डाटा कहाँ, कसरी भण्डारण हुन्छ भन्ने स्पष्ट जानकारीको अभावले पनि प्रयोगकर्तामा केही हिचकिचाहट देखिन्छ।

नेपालका केही बैंकहरू वा सरकारी सेवाहरूले पासवर्ड व्यवस्थापनबारे उपभोक्तालाई जानकारी दिने प्रयास गरे पनि अझै संस्थागत स्तरको पहल आवश्यक देखिन्छ।

यदि तपाईं एकसाथ दर्जनौं अकाउन्ट चलाउनुहुन्छ भने, पासवर्ड म्यानेजर आजको अपरिहार्य उपकरण हो। भविष्यमा डिजिटल पहिचान  , बायोमेट्रिक प्रमाणीकरण र पासवर्ड रहित लगइन प्रणाली आउँदै गर्दा पासवर्ड म्यानेजरहरूको भूमिका पनि क्रमशः परिवर्तन हुँदै जानेछ। तर हालको सन्दर्भमा, पासवर्ड म्यानेजर डिजिटल सुरक्षाको सरल र सशक्त उपाय हुन सक्छ ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Data analyst course
फिचर्ड

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

सेप्टेम्बर 2, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura