Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

Perplexity AI अब आईफोनमा: Siri को कुर्सी डगमगाउने समय आएको हो ?

टेकमाकुरा by टेकमाकुरा
अप्रिल 24, 2025
0
Perplexity AI अब आईफोनमा: Siri को कुर्सी डगमगाउने समय आएको हो ?

Perplexity AI अब आईफोनमा: Siri को कुर्सी डगमगाउने समय आएको हो ?

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । आइफोन प्रयोगकर्ताहरूका लागि सिरीलाई “Hey Siri” भनेर बोलाउनु त अब त बानीजस्तै भइसकेको छ। तर अब यस पुरानो साथीलाई नयाँ चुनौती थपिएको छ — Perplexity AI को नयाँ भ्वाइस असिस्टेन्ट। भर्खरै आईफोनमा उपलब्ध भएको यो एआई ‘पावर्ड’ असिस्टेन्ट कुराकानी मात्र होइन, काममा पनि Siri भन्दा धेरै स्मार्ट देखिएको छ।

Perplexity AI अहिले iPhone 13 mini जस्ता पुराना मोडेलहरूमा पनि उपलब्ध छ। इमेल पठाउने, रिमाइन्डर सेट गर्ने, राइड बुक गर्ने जस्ता कामहरूमा Perplexity AI, Siri भन्दा बढी प्रभावकारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टहरूमा उल्लेख छ। Siri को तुलनामा Perplexity ले फ्याक्टसहित जवाफ दिने कुरा पनि यिनै रिपोर्टहरूमा प्रष्ट पारिएको छ।

तर सबै काममा Perplexity ‘superhero’ भने होइन। जस्तै तपाईंले अलार्म सेट गर्न खोज्नुभयो भने, उसले भन्न सक्छ — “सरी, त्यो काम म अहिले गर्न सक्दिन!” त्यसैगरी, केही काम गर्नुअघि तपाईंको अनुमति माग्छ। यस्तै अनुमति प्रणाली डाटा प्राइभेसीको दृष्टिकोणले सकारात्मक रूपमा हेरिएको छ।

यो भ्वाइस असिस्टेन्ट अहिले आईफोनमा मात्र सीमित छ। अन्य एप्पल डिभाइसहरू — जस्तै iPad, Mac, वा Apple Watch मा भने अहिलेसम्म उपलब्ध छैन। तर Perplexity तुरुन्तै ‘Google-level’ को जानकारीसहित काम गर्ने भएकाले यसको तुलनामा Siri केही हदसम्म पुरानो महसुस हुन थालेको पनि स्पष्ट देखिन्छ।

तपाईं कुन टिममा हुनुहुन्छ? Team Siri कि Team Perplexity?

यदि तपाईं ‘iPhone को सारा सिस्टमसँग जोडिएर काम गर्ने’ चाहनुहुन्छ भने Siri अझै पनि फस्ट क्लास छ। तर ‘स्मार्ट जवाफ चाहिन्छ, त्यो पनि छिटो र सन्दर्भसहित’ भन्ने हो भने Perplexity ट्राय गर्न लायक छ। Apple ले Siri मा केही धमाकेदार अपडेट नल्याउने हो भने, धेरैले भनेजस्तै Siri को कुर्सी साँच्चै डगमगाउने सम्भावना देखिन्छ।

अन्त्यमा, यदि तपाईं पनि आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने, Siri लाई सोध्नुस् — “Hey Siri, अब त Perplexity को डर लाग्न थाल्यो होला नि?”, र Siri ले के उत्तर दिन्छ, हाम्रो कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला!

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura