Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

कवि श्रवण मुकारङलाई च्याट जिपिटी हावा लाग्यो , एआइ जानकारले दिए यस्तो सुझाव !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 3, 2025
0
Shrawan Mukarang banner

Shrawan Mukarang post

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । हजुरहरुले माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई बोलको गित त पक्कै सुन्नु भएको छ । हो यही गितका रचनाकार प्रख्यात कवि तथा लेखक श्रवण मुकारङले च्याट जिपिटी हावा रहेको टिप्पणी गरेका छन्, । मुकारङले सामाजिक संजाल फेसबुक मार्फत च्याट जिपिटिलाई सोधिएको प्रश्न र त्यसको उत्तर शेयर गर्दै यस्तो टिप्पणी गरेका हुन्, । उनले शेयर गरेको स्क्रिनशटमा देखिए अनुसार उनले च्याटजिपिटिलाई श्रवण मुकारङको सबै भन्दा चर्चित कविता कुन हो भनेर प्रश्न गरेका छन्, । जसमा च्याट जिपिटिले उक्त कविता “हामी जात छैनौं” हो भन्ने उत्तर दिएको छ । जबकी मुकारङ आफुले उक्त शिर्षकमा कुनै पनि कविता नलेखेको स्पष्ट पारेका छन्, । “याे शीर्षकमा मैले कविता लेखेकै छैन । एअ‍ाई च्याटजिपिटि हावा लाग्यो ।” उनले भनेका छन्, ।

Untitled
Source: Facebook handle of Shrawan Mukarang

एआइ प्रविधिसँग जानकारवालाहरुका अनुसार च्याट जिपिटी जस्ता जेनेरेटिभ एआइ प्ल्याटफर्ममा यस किसिमका समस्याहरु देखिने गरेको छ । यस किसिमको नसुहाउँदो प्रतिकृयालाई प्राविधिक भाषामा “बायस म्याचिङ” भनिन्छ । यो बायस म्याचिङ भनेको बुझ्नको लागि सुरुमा हामी ले च्याट जिपिटी जस्ता जेनेरेटिभ एआइ प्ल्याटफर्मले कसरी काम गर्छ भन्ने बुझ्न जरुरी हुन्छ । च्याट जिपिटिले हामी ले दिएको निर्देशन ( प्रम्प्ट ) मा उल्लेख भएको Text को आधारमा खोजी कार्य गर्ने गर्छ , जस्तै मुकारङले दिएको प्रम्प्टमा प्रयोग भएको ” मुकारङ” भन्ने शब्दको आधारमा जिपिटिले मुकारङका कवितामा प्रयोग भएका अन्य शब्दावली को खोजी गरेको हुन सक्छ । यसो गर्दा श्रवण मुकारङका अधिकांस रचनाहरु “जात, विद्रोह, अन्याय” जस्ता विषयवस्तुका वरिपरी बढि केन्द्रित रहेको पाएर अन्य शिर्षकलाई नै मुकारङको कविताको शिर्षक भनेर दिएको हुन सक्छ । जुन नितान्त अनुमानमा मात्र भर पर्छ ।

Untitled12
Makura’s AI Search

यस बाहेक बुझ्नै पर्ने आर्को कुरा के छ भने , धेरैवटा जेनेरेटिभ एआइ मोडलहरुसँग रियलटाइम डाटा हुँदैन , ट्रेनिङको समयमा दिइएको डाटाको आधारमा नै एआइ मोडलहरुले रेस्पोन्स जेनेरेट गर्ने हुन्, । च्याटजिपिटिको केसमा भने अहिले रियल टाइम इन्टरनेट सर्च फिचर उप्लब्ध छ तर च्याट जिपिटिको फ्री भर्सनमा यो फिचर सिमित अवधिको लागि मात्र उपलब्ध हुन्छ । यो बाहेक च्याट जिपिटिसँग नेपाल समब्धित सामाग्री हरुको राम्रो डाटाबेस नै नभएको कारणले गर्दा पनि चाहे जस्तो प्रतिकृया नपाउन सकिन्छ । यसकारण हामी ले च्याट जिपिटिलाई प्रश्न गर्दा सकेसम्म बढि सन्धर्व बुझाउन सक्नु पर्ने हुन्छ भने वेब सर्च इनेबल भएमा चाहे जस्तो उत्तर पाउन सकिने सम्भावना बढ्छ । हामी ले मुकारङ कै प्रम्प्टमा रियल टाइम वेब सर्च इनेबल गरेर कोएरी रन गर्दा “श्रवण मुकारुङको सबैभन्दा चर्चित कविता “बिसे नगर्चीको बयान” नै मानिन्छ। यो कविता उनको चर्चित कविता सङ्ग्रह ‘बिसे नगर्चीको बयान’ (वि ।सं । २०६३) मा संकलित छ र नेपाली साहित्य जगतमा निकै लोकप्रिय रहेको छ । ” भन्ने उत्तर विकिपिडियालाई रिफर गरेर दिएको थियो ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura