Writy.
सोमवार, अगस्ट 11, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

रवीन्द्र ढाँटलाई राष्ट्रपतिले अपमान गरे : सिसन बाँनिया

Tech MaKura by Tech MaKura
अगस्ट 7, 2025
0
Rabindra dhat

Rabindra dhat with president

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । म्याट्रिक्स फाइटर नाइट टाइटल जितेर आएका मिक्स्ड मार्सल आर्ट्स फाइटर च्याम्पियन रवीन्द्र ढाँटलाईइ राष्ट्र्पतिले अपमान गरेको भन्दै सोसल मिडिया इन्फ्लुएन्सर सिसन बाँनिया आक्रोशित बनेका छन्।

भारतको नोयडामा भएको भिडन्तमा साविक विजेतालाई हराउँदै म्याट्रिक्स फाइट नाइट टाइटल जितेर आएका उनलाई सम्मानका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शितल निवास बोलाएका थिए । उक्त सम्मान कार्यक्रममा पौडेलले ढाँटलाई माला लगाएर सम्मान व्यक्त गरेका थिए । ढाँटलाई माला लगाइदिएपछि राष्ट्रपति पौडेलले ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्’ भन्ने मनत्वय व्यक्त गरे ।

उक्त कार्यक्रममा रवीन्द्रका प्रशिक्षक दिविज पिया लामा र अर्का मेन्टर सिसन बानियाँ पनि पुगेका थिए । झण्डै एक घण्टा शितल निवासमा बिताएर रविन्द्रसँगै निस्किएका सिसनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सम्मानको नाममा एउटा माला मात्रै लगाइदिने काम भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

“रवीन्द्र ढाँटलाई राष्ट्रपति निवास पुगेर त्यहाँको गरिमा बढाइदिएकोमा धन्यवाद ! तर वास्तविक रूपमा भन्नुपर्दा च्याम्पियनप्रति कुनै सम्मान देखिएन। एउटा माला लगाइयो, पाँच मिनेटको टिपिकल भाषण दिइयो, फोटो र भिडियो खिचियो अनि काम सकियो’, उनले भनेका छन्, ‘हामीलाई चाहिँ ‘चिया-बिस्कुट खाएर जानुस्’ भनियो। त्यो भयानक हलमा ढाँटले एउटा कप चिया मात्र खाए। २० मिनेटसम्म सबैसँग ‘सिङ्गल’ फोटो खिचे। के यसरी सम्मान गरिन्छ राष्ट्रका च्याम्पियनहरूलाई ?” उनी थप्छन्, “मेरो केटा (रविन्द्र ढाँट ) यो  उपाधिको लागि कडा परिश्रम गरेको छ , यो विजेताको नाम प्रयोग गरेर आफ्नो विज्ञापन गर्न चाहनुहुन्छ भने उसको मेहेनतको उचित मुल्याङकन  गर्नुहोस्, प्रोत्साहन गर्नुहोस ।”

सिसनले नै ढाँटको सामाजिक सञ्जाल व्यवस्थापन, भिडिओ प्रमोशन  डिजिटल माध्यमबाट प्रचार प्रचारदेखि प्रायोजक खोज्ने सम्मका कामहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्, । रवीन्द्रलाई यहाँसम्म ल्याउन प्रशिक्षक लामा र सिसन बानियाँ योगदानलाई नकार्न सक्ने अवस्था  छैन । रवीन्द्रको  सफलताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि  फेसबुक मार्फत बधाई ज्ञापन गरेका थिए ।

यधप्पी  बित्थडचिर  , दुर्गाथली, सैपाल र तलकोट गाउँपालिका बाहेक अन्य कुनै सरकारी निकायले रविन्द्रलाई हाल सम्म कुनै पुरस्कार घोषणा गरेको छैन । जसका कारण सिसनले जस्तै अरूले पनि च्याम्पियनलाई एउटा माला मात्र पहिराएर सम्मान  गरिनु उचित नभएको भन्दै गुनासो गरिरहेका छन् ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tesla complain in X
सोसल मिडिया

सोसल मिडियाको शक्ति: ग्राहकको एक ट्वीटमै मस्कले तिरे ४० लाखको क्षतिपुर्ती !

अगस्ट 11, 2025
insta-map
सोसल मिडिया

‘Instagram’ मा पनि आउने भयो ‘Map’ फीचर

अगस्ट 7, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Monkey tech
एआइ

चिनियाँ वैज्ञानिकले तयार पारे बाँदर जस्तै सोच्न सक्ने कम्प्युटर प्रणाली !

अगस्ट 10, 2025
Elon musk
AI

एलन मस्कको ‘AI’ ले ‘Male Fantasy’लाई  बढावा दिएको आरोप !  ‘AI’ मा बढ्दो लैंगिक पूर्वाग्रहको चिन्ता 

अगस्ट 10, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura