
काठमाडौं । राज्यको महत्वपुर्ण ओहोदामा पुगिसकेको व्यक्तिले बिना कुनै न्यायिक आधार जेलबाट निस्किएको भन्दै रास्वपा नेता रवि लामिछानेको सर्वत्र बिरोध भएको छ । मंगलबार देशभरका विभिन्न स्थानमा भएको अनियन्त्रित आन्दोलनको क्रममा रवि लामिछानेलाई प्रदर्शनकारीहरुको एउटा समुहले नख्खु कारागारबाट बाहिर निकालेको थियो । सोही सन्धर्वमा रवि लामिछाने ले हिजो फेसबुक लाइभ मार्फत आफुलाई आधिकारिक निकायबाट पत्र र निर्देशन प्राप्त भएपछि सुरक्षाको दृष्टिकोणबाट पनि आफू कारागारबाट निस्किएको स्पष्टीकरण दिएका थिए । यद्यपि उनको सो स्पष्टीकरण कानुनसंगत नभएको टिप्पणी सामाजिक संजालमा व्यापक सुनिन थालेको छ भने सेनाले सुरक्षा कमाण्ड हातमा लिइसकेपछी रविले आत्मसमर्पण गर्दै पुन कारागार चलान हुने मागहरु बढ्दै गएका छन । हिजो देशभर भएको आन्दोलनमा देशभरीका कारागारबाट ६ हजार कैदी बन्दी भागेको र रविको कदमले गम्भीर मुद्दामा सजाय भोगिरहेका कैदी बन्दीको पनि आत्मबल बढेको भन्दै उनको विरोध भइरहेको हो । हाल सुरक्षा निकायले फरार कैदी बन्दीलाई खोज्ने कार्य तिव्र बनाईरहेको छ ।