काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निरन्तरता दिएपछि रञ्जिता श्रेष्ठले टिकटक मार्फत आफ्नो खुशी सार्वजनिक गर्दै आफ्नै पति रेशमलाल चौधरी लगायत विरोधीलाई व्यङ्गय गरेकी छिन् ।
पार्टीका संरक्षक एवम् पति रेशमलाल चौधरी पक्षले काठमाडौं प्रथम राष्ट्रिय भेला गरेर रञ्जितालाई अध्यक्ष तथा साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेका थिए । जसलाई निर्वाचन आयोगले बुधबार मात्र अवैध ठहर गरेको थियो । आयोगले सांसद लालवीर चौधरीलाई मान्यता नदिएर आफैँलाई आधिकारिक अध्यक्ष भनेपछि रञ्जिताले उक्त टिकटक बनाएकी हुन् ।
रञ्जिताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कैद गरेर फ्रेममा सजाएको तस्बिरमुनि बसेर उक्त टिकटक बनाएकी छन् । रञ्जिताको टिकटक ‘आज मै उपर, आसमा निचे आज मे आगे, जमाना हे पिछे…’ बोलको हिन्दी गीतमा रहेको छ ।