Writy.
शनिवार, अगस्ट 16, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

नेपालको निर्णयलाई नटेरेको रसियाले आफ्नै देशमा बढाउँदैछ टेलिग्राम माथि निगरानी !

आँचल नेपाल by आँचल नेपाल
अगस्ट 15, 2025
0
Nepal Telegram Russia
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। रसियाले लोकप्रिय मेसेजिङ एप Telegram र WhatsApp मा हुने Voice तथा Video Call सेवामाथि नियन्त्रण कडा बनाएको छ। अनलाइन ठगी जस्ता गम्भीर अपराधिक गतिविधिमा Telegram र WhatsApp को प्रयोग बढेको भन्दै हालै रसियाले यस्तो कदम चालेको हो। 

सरकारी अधिकारीहरूका अनुसार, “टेलिग्राम र व्हाट्सएपमा हुने कल सेवाहरू अपराधी समूहहरूले ‘गोप्य सञ्चार’ का रूपमा प्रयोग गर्दै आएको पाइएको थियो।” त्यसैले, यस्तो सेवा ‘रोकथाम’ गर्न बाध्य भएको उनीहरूको दाबी छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, रूसको यो कदमले ग्लोबल मोबाइल कम्युनिकेसन सिस्टम (GLBS) मार्फत सञ्चालित यस्ता सेवाहरूको पहुँचमा अवरोध पुर्‍याएको छ। यस प्रणालीमार्फत प्रयोगकर्ताहरूले आफ्नो वास्तविक फोन नम्बर लुकाएर इन्टरनेटमार्फत संवाद गर्न सक्ने सुविधा पाउँथे, जुन रुसी सरकारले अहिले “संभावित खतराको माध्यम” का रूपमा व्याख्या गरेको छ। 

रोयटर्स न्युज एजेन्सीका अनुसार, टेलिग्राममा भ्वाइस कलहरू अगस्ट ११ देखि सञ्चालनमा आउन सकेका छैनन् । त्यसैगरी, WhatsApp कलहरूमा बीचबीचमा आवाज अवरोध र घण्टी जस्तो ध्वनिले सञ्चार हुन नदिएको बताइएको छ।

टेलिग्राम आफैँ रूसी मूलका पावेल डुरोभले स्थापना गरेको एप हो। तर विडम्बना, आज त्यही एपलाई रूसी सरकारले कडा निगरानीमा राखेको छ। सरकारका समर्थकहरूले यसलाई ‘आवश्यक सुरक्षा कदम’ मानिरहेका छन् भने आलोचकहरूले यो कदमलाई डिजिटल स्वतन्त्रतामाथि हस्तक्षेपको रूपमा हेरेका छन्। 

यसअघि टेलिग्राममार्फत यस्तै अपराधिक गतिविधि बढेको भन्दै नेपाल सरकारले पनि टेलिग्राम बन्द गर्ने निर्णय गरेको थियो। तर त्यसबेला नेपाल स्थित रुसी दूतावासले नेपाल सरकारको निर्णयलाई नकार्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत टेलिग्राममा सूचना प्रसारण निरन्तर जारी राख्ने जनाएको थियो। पहिले आफैं नेपाल सरकारको निर्णय अवज्ञा गरेको रुसले अहिले आफैले टेलिग्रामको भ्वाइस र भिडियो कलमा यस्तो कडाइ गर्दा, सामाजिक सञ्जाल टेलिग्रामकै सुरक्षा प्रणालीमा प्रश्न र बहस सिर्जना भएको छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !
सोसल मिडिया

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !

अगस्ट 16, 2025
सोसल मिडिया

इन्स्टाग्राममा आउँदैछ “PICKS” नामक नयाँ फिचर, के गर्छ काम ?

अगस्ट 15, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 15, 2025
टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 
सोसल मिडिया

टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 

अगस्ट 15, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura