Techma Kura
बुधवार, सेप्टेम्बर 10, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

इन्स्टाग्राममा बालबालिकाका लागि कडा सुरक्षा प्रणाली लागू हुँदै

टेकमाकुरा by टेकमाकुरा
जुलाई 24, 2025
0
इन्स्टाग्राममा बालबालिकाका लागि कडा सुरक्षा प्रणाली लागू हुँदै
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । इन्स्टाग्रामले बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएका अकाउन्टहरू थप सुरक्षित गर्नका लागि सुरक्षा उपायहरू लागू गर्ने घोषणा गरेको छ। मेटाले गत बुधबार सार्वजनिक गरेको जानकारीअनुसार वयस्कहरूले चलाउने तर बालबालिकासँग सम्बन्धित सामग्रीहरू पोस्ट गर्ने अकाउन्टहरूमा अब स्वतः कडा सुरक्षा सेटिङ लागू हुनेछ।

यी सेटिङहरू लागू भएपछि यस्ता अकाउन्टमा नचाहिँदो वा अपरिचित व्यक्तिबाट आउने सन्देशहरू स्वतः रोकिनेछन्। त्यस्तै, ‘हिडन वर्ड्स’ सुविधा पनि स्वतः सक्रिय हुनेछ, जसले आपत्तिजनक शब्द समेटिएका कमेन्टहरूलाई फिल्टर गर्नेछ।

यसै सन्दर्भमा, मेटाले ‘टिन अकाउन्ट’ नामक नयाँ प्रणालीको परीक्षणसमेत सुरु गरेको छ। उक्त प्रणाली अन्तर्गत १६ वर्षमुनिका प्रयोगकर्ताहरूले आफ्नो सुरक्षा सेटिङ परिवर्तन गर्न अभिभावकको अनुमति लिनुपर्नेछ। साथै, यस्ता प्रयोगकर्ताले कसलाई सन्देश पठाउन मिल्छ वा कस्तो सामग्री हेर्न मिल्छ भन्नेमा पनि सीमितता तोकिएको छ।

इन्स्टाग्रामले टिन प्रयोगकर्ताका अकाउन्टहरू स्वतः प्राइभेट बनाइने र राति नोटिफिकेसन नआउने गरी ‘स्लिप मोड’ मा राखिने व्यवस्था पनि ल्याएको छ। यदि कुनै प्रयोगकर्ताले आफ्नो वास्तविक उमेर लुकाएर यस्ता सुरक्षात्मक नियमहरूबाट जोगिन प्रयास गरेमा एआई प्रविधिमार्फत उमेर पहिचान गरिने र सम्बन्धित अकाउन्टमा प्रतिबन्ध लगाइने मेटाले जनाएको छ।

यी नयाँ सुरक्षा उपायहरू आगामी ६० दिनभित्र अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियामा लागू हुने बताइएको छ। पछिल्लो समय सामाजिक सञ्जालहरूमा बालबालिकाको सुरक्षा सम्बन्धी चासो र दबाब बढिरहेका बेला इन्स्टाग्रामले यो कदम चालेको हो।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

damange in house
सोसल मिडिया

नेताहरुको निवास तिर लक्षित भए प्रदर्शनकारीहरु क-कसको घरमा भयो तोडफोड !

सेप्टेम्बर 9, 2025
बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा
Featured Post

बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा

सेप्टेम्बर 9, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

इन्टरनेट

बिना कुनै कानुनी प्रकृया जेलबाट निस्केको भन्दै रवि लामिछानेको सर्वत्र बिरोध, सेनाले सुरक्षा कमाण्ड सम्हालेपछि पनि आत्मसमर्पणको छैन कुनै सुरसार !

सेप्टेम्बर 10, 2025
इन्टरनेट

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

सेप्टेम्बर 10, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura