Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

आँचल नेपाल by आँचल नेपाल
जुलाई 14, 2025
0
सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। प्रविधि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को उपयोग तीव्र रूपमा फैलिँदै गएको अवस्थामा, सामसुङले AI युक्त झुम्का, औंठी जस्ता गहनासरहका नयाँ प्रकारका ‘वेयरएबल’ उपकरणहरू विकास गर्ने तयारी गरिरहेको छ।

सामसुङ मोबाइल एक्सपेरिएन्स डिभिजनका प्रमुख सञ्चालन अधिकृत वोन-जुन चोइले CNN सँगको कुराकानीमा भने, “हामी यस्तो उपकरण बनाउने सोचमा छौँ जुन बोकेर हिँड्न नपरोस्, बरु शरीरमै लगाउन मिलोस्।”

उनका अनुसार, कम्पनीले चस्मा, झुम्का, घाँटीमा लगाउने मालाजस्ता गहना, घडी र औंठी जस्ता विकल्पहरूबारे अध्ययन गरिरहेको छ। “कसैले चस्मा लगाउँछन्, कसैले झुम्का, कसैले घडी—हामी यिनै विकल्पहरूको गहिरो विश्लेषण गर्दैछौँ,” चोइले भने।

प्रविधि विश्लेषकहरूका अनुसार, यस्ता ‘AI-पावर्ड’ उपकरणहरूले मोबाइल फोनको विकल्प वा पूरक बन्ने सम्भावना राख्छन्, जुन बिना टाइप वा स्क्रिन स्वाइप प्रयोगकर्ताले सजिलो रूपमा काम गर्न सकून्।

सामसुङ मात्र होइन, मेटा, गुगल, स्न्याप लगायत कम्पनीहरूले पनि स्मार्ट चस्मा विकास गरिरहेका छन्। मेटाको रे-बान चस्मा २०२३ देखि २० लाखभन्दा बढी बिक्री भइसकेको छ भने, OpenAI र एप्पलका पूर्व-डिजाइनर जोनी आइभले पनि नयाँ AI उपकरण निर्माणमा सहकार्य गरिरहेका छन्।

यद्यपि सामसुङले हालै निर्माण गरिएका केही स्टार्टअपका उत्पादनहरूजस्तै, एक्लै काम गर्ने उपकरण भन्दा, आफ्ना स्मार्टवाचजस्तै मोबाइलसँग जोडिएर काम गर्ने ‘सहायक उपकरण’ बनाउने योजना बनाइरहेको छ।

तथापि, चोइले स्पष्ट पारे अनुसार, अहिले अध्ययनरत सबै विकल्पहरू बजारमा आउने छन् भन्ने ग्यारेन्टी छैन। प्रविधि कम्पनीहरूले धेरैजसो अवधारणात्मक (prototype) मोडेल परीक्षण गरेर मात्र अगाडि बढ्ने चलन हुन्छ।

यस्तैमा, एप्पलका पूर्वकर्मचारीहरूले बनाएको ‘Humane AI Pin’ अत्याधिक मूल्य र खराब प्रदर्शनका कारण बजारमै असफल भएको थियो भने ‘Rabbit R1’ पनि कमजोर प्रतिक्रिया पाएपछि हाल सुधारको चरणमा छ। ‘Friend’ नामक अर्को स्टार्टअपले बनाएको AI गहना अझै सार्वजनिक भइसकेको छैन।

सामसुङले भने यी प्रयासहरूबाट सिक्दै, बजारमा स्थायित्व ल्याउन सक्ने, सहज र स्मार्टफोनसँग समन्वय हुने उपकरण ल्याउने तयारी गरिरहेको देखिन्छ। चोइ भन्छन्, “सामान्य चस्मा नलगाउने प्रयोगकर्ताका लागि अन्य विकल्पहरूबारे पनि हामी गम्भीरताका साथ अध्ययन गर्दैछौँ।”

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Apple AWE event
ग्याजेट्स

“Apple Awe Dropping” इभेन्टमा iPhone 17 बाहेक अरु के – के हुँदै छ सार्वजनिक ?

अगस्ट 31, 2025
Phone has ear
ग्याजेट्स

भित्ताको थाहा भएन , मोबाइलको चाही कान हुन्छ !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura