Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

मोबाइल स्क्रिनको रिफ्रेस रेट र ब्याट्रीको mAh भनेको के हो? किन आवश्यक पर्छ?

आँचल नेपाल by आँचल नेपाल
जुलाई 24, 2025
0
मोबाइल स्क्रिनको रिफ्रेस रेट र ब्याट्रीको mAh भनेको के हो? किन आवश्यक पर्छ?
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — पछिल्ला वर्षहरूमा स्मार्टफोनहरू अत्यन्तै प्रचलित भएका छन्। सानादेखि बूढो मान्छेसम्म सबैको हातमा अहिले स्मार्टफोन पाइन्छ र सबैले स्मार्टफोन चलाउँछन्। बजारमा फोन किन्न जाँदा प्रायः ‘रिफ्रेस रेट’ र ‘mAh’ जस्ता प्राविधिक शब्दहरू देखिन्छन्। तर, धेरै प्रयोगकर्तालाई यी शब्दहरूको अर्थ थाहा नहुन सक्छ। यस लेखमार्फत हामी यी दुई मुख्य प्राविधिक पक्षबारे सरल र स्पष्ट रूपमा बुझ्छौँ।

के हो रिफ्रेस रेट?

रिफ्रेस रेट भन्ने शब्दले मोबाइलको स्क्रिनले एक सेकेन्डमा कति पटक दृश्य (image) परिवर्तन गर्छ भन्ने जनाउँछ। यसको मापन हर्ट्ज (Hz) मा गरिन्छ।

जब तपाईं मोबाइल स्क्रिन हेर्नुहुन्छ, तपाईंले तस्बिर, भिडियो वा स्क्रोल गर्दा चल्ने चीजहरू देख्नुहुन्छ। तर, वास्तवमा स्क्रिनले एउटै तस्बिर लगातार देखाइरहेको हुँदैन। स्क्रिनले प्रत्येक सेकेन्डमा तस्बिर बारम्बार फेरिरहेको हुन्छ — यति छिटो कि तपाईंको आँखाले त्यो परिवर्तन थाहा पाउँदैन।

तस्बिर (दृश्य) पटक–पटक परिवर्तन हुने प्रक्रियालाई रिफ्रेस भनिन्छ। र, एक सेकेन्डमा स्क्रिनले कति पटक तस्बिर परिवर्तन गर्छ, त्यसलाई रिफ्रेस रेट भनिन्छ।

उदाहरणका लागि,

  • 60Hz को अर्थ, स्क्रिनले १ सेकेन्डमा ६० पटक दृश्य अद्यावधिक गर्छ।
  • 120Hz स्क्रिनले १ सेकेन्डमा १२० पटक दृश्य फेरबदल गर्छ।

रिफ्रेस रेट बढी भएमा मोबाइल चलाउँदा स्क्रिन स्मूद देखिन्छ।  स्क्रोल गर्दा झ्याप्प झ्याप्प नगरी सहज रूपमा चल्छ। गेम खेल्दा वा भिडियो हेर्दा अझ राम्रो अनुभव मिल्छ। त्यसैले, यदि तपाईं भिडियो हेर्न, गेम खेल्न वा स्क्रोलिङ धेरै गर्नुहुन्छ भने उच्च रिफ्रेस रेट भएका मोबाइलहरू उपयोगी हुन्छन्।

के हो mAh?

mAh (मिलि-एम्पियर आवर) ब्याट्रीको क्षमता नाप्ने एकाइ हो। यसले मोबाइलको ब्याट्री कति समय टिक्न सक्छ भन्ने जानकारी दिन्छ।

साधारण रूपमा,

  • 3000mAh ब्याट्री भएका मोबाइलमा सामान्य प्रयोग गर्दा एक दिन जति टिक्न सक्छ।
  • 5000mAh वा बढी क्षमताको ब्याट्रीले अझ धेरै समयसम्म फोन चलाउन सकिन्छ, विशेष गरी इन्टरनेट, भिडियो, गेमिङ जस्ता काम धेरै गर्दा।

धेरै समय मोबाइल प्रयोग गर्नुपर्ने, लामो यात्रा गर्नुपर्ने वा पटक–पटक मोबाइल चार्ज गर्ने सुविधा नहुँदा, उच्च mAh भएको फोन चलाउन उपयोगी हुन्छ।

तर, ब्याट्री कति टिक्ने भन्ने कुरा केवल mAh मा मात्र भर हुँदैन। फोनको स्क्रिन साइज, रिफ्रेस रेट, प्रयोग गरिने एपहरू, प्रोसेसर आदिको प्रभाव पनि पर्छ।

किन जान्न आवश्यक छ?

यी दुई पक्ष — रिफ्रेस रेट र mAh — स्मार्टफोन किन्दा वा प्रयोग गर्दा सिधै प्रयोगकर्ता अनुभवसँग सम्बन्धित हुन्छन्।

  • उच्च रिफ्रेस रेटले फोनको दृश्य प्रदर्शन सुधार गर्छ।
  • उच्च mAh ब्याट्रीले लामो समयसम्म फोन प्रयोग गर्न मद्दत गर्छ।

त्यसैले, स्मार्टफोन छान्दा आफ्नो आवश्यकताअनुसार यी पक्षहरू बुझेर निर्णय गर्नु उपयुक्त हुन्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Apple AWE event
ग्याजेट्स

“Apple Awe Dropping” इभेन्टमा iPhone 17 बाहेक अरु के – के हुँदै छ सार्वजनिक ?

अगस्ट 31, 2025
Phone has ear
ग्याजेट्स

भित्ताको थाहा भएन , मोबाइलको चाही कान हुन्छ !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura