Techma Kura
मङ्गलवार, सेप्टेम्बर 2, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

एकै पटकमा ३४ वटा स्टार्टअपमा नियुक्ती, काम नगरी तलब खाने जुक्ती ! यसरी भयो भण्डाफोर ।

टेकमाकुरा by टेकमाकुरा
जुलाई 20, 2025
0
soham parekh
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । छिमेकी मुलुक भारतका एक सफ्टवेयर इन्जिनियर यति बेला चर्चाको केन्द्रमा रहेका छन् । सफ्टवेयर इन्जिनियर चर्चामा छन् भनेपछि धेरै जनालाई लाग्न सक्छ उनले डिभलप गरेको कुनै सफ्टवेयर वा एपले अभुतपुर्व सफलता हात पार्यो , वा उनको स्टार्टअपले कुनै उल्लेखनिय उपलब्धी पो हासिल गर्‍यो कि ? तर त्यस्तो होइन । उनी त उनले विभिन्न स्टार्टअप कम्पनी लाई पङ्गु बनाएको कारण चर्चामा आएका हुन् । जसका कारण हाल विश्वका धेरै स्टार्टअप कम्पनीहरुको वर्क फ्रम होम बाट विश्वास नै उडेको छ ।
सोहमले एकै पटकमा ३४ वटा सम्म कम्पनीमा नियुक्ती लिएको र काम नगरी तलब मात्र खाने गरेको खुलेपछि वर्क फ्रम होम विधिमै शंसय उत्पन्न भएको हो । चर्चित प्रविधि कम्पनी मिक्सप्यानलका सहसंस्थापक सुहेल दोशीले सामाजिक संजाल एक्स (ट्विटर) मा एक पोस्ट सार्वजनिक गरेसँगै उनको यो स्क्यामको भण्डाफोर भएको हो ।

दोशिले “सावधान! भारतमा बस्ने सोहम परेख नामका व्यक्तिले धेरै स्टार्टअपमा एकै साथ काम गरिरहेका छन्।” भन्ने ट्विट गरेका थिए । उक्त ट्विट भाइरल भएसँगै उनले एकै पटकमा ३४ वटा सम्म स्टार्टअप कम्पनी मा नियुक्ती लिएको सार्वजनिक भएको हो । नियुक्ती लिए पछि उनले कतै पहिलो दिनमै बिरामी भएको बहाना बनाउने, कतै गलत ठेगाना दिने , अनलाइन मिटिङ मिस गर्ने, प्रोजेक्ट ढिलो गर्ने गर्थे र छोटो समय मात्र त्यो कम्पनीमा बसी तलब पचाएर निस्किने गर्थे ।

उनको यो शैली एक्स मार्फत भण्डाफोर भएपछि सोहेमले आफ्नो गल्ती स्विकार समेत गरेका छन्, ।आर्थिक अभावका कारण छोटो समयमा धेरै पैसा कमाउने लोभले उक्त बाटो अप्नाएको उनको भनाइ रहेको छ ।सामाजिक संजालमा सोहमले इन्टर भ्यु क्र्याक गर्नमा मास्टरी नै हासिल गरेको समेत टिप्पणी हुने गरेको छ । केहि संस्थापकहरुका अनुसार त सोहेम इन्टरभ्युमा यति प्रभावशाली रुपमा प्रस्तुत हुन्थे कि उनी हरुलाई लाग्थ्यो यो उनीहरुको जीवनकै सबै भन्दा प्रभावकारी हायरिङ्ग थियो ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 1, 2025
AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura