Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

अब सोचकै भरमा चलाउन सकिन्छ मोबाइल लगायतका विद्युतिय उपकरण

आँचल नेपाल by आँचल नेपाल
जुलाई 29, 2025
0
अब सोचकै भरमा चलाउन सकिन्छ मोबाइल लगायतका विद्युतिय उपकरण
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । अब मोबाइल चलाउन न त स्क्रिन छोएर टाइप गर्नुपर्छ, न त आवाजले निर्देशन नै दिनुपर्छ — केवल सोचेरै मात्र पनि मोबाइल चलाउन सकिने प्रविधि बजारमा आइसकेको छ।

अमेरिकाको न्युरोटेक कम्पनी Synchron ले विकास गरेको यो प्रविधि बिना खुला मस्तिष्क शल्यक्रियाको प्रयोग गरेर मोबाइल वा अन्य स्मार्ट उपकरणहरू चलाउन सकिन्छ।

कसरी काम गर्छ यो प्रविधि?

Synchron को Stentrode नामक सानो उपकरण घाँटीको नशाबाट भित्र राखिन्छ र मस्तिष्कको मोटर क्षेत्र नजिक पु-याइन्छ। यो उपकरणले मस्तिष्कबाट प्राप्त संकेतहरू टिपेर मोबाइल वा कम्प्युटरमा निर्देशन पठाउने काम गर्छ।

यो प्रविधिमा खुला टाउको शल्यक्रिया आवश्यक पर्दैन। यो प्रक्रिया हृदयमा राखिने स्टेन्ट जस्तै सरल मानिन्छ।

परीक्षण र प्रयोगकर्ताको अनुभव

सन् २०२० देखि ALS (एक प्रकारको पक्षघात रोग) भएका व्यक्तिहरूले यस प्रविधिको प्रयोग गरेर सोचमार्फतै कम्प्युटर चलाइरहेका छन्। उनीहरूले टाइप गर्न, अनलाइन किनमेल गर्न, र इमेल पठाउन सकिरहेका छन्। यस प्रविधिको परीक्षण सफल रहेको र कुनै गम्भीर समस्या नदेखिएको समेत बताइएको छ।

हालै, एक प्रयोगकर्ताले  सोचमार्फत नै Amazon Alexa नियन्त्रण गर्नसमेत सफल भएका छन्। उनले सोचेरै भिडियो कल गर्न, मनपर्ने शो हेर्न र घरभित्रका स्मार्ट उपकरणहरू चलाउने जस्ता कार्यहरू छन्।गर्न सकेको बताएका छन्।

स्वतन्त्रताको नयाँ ढोका

प्परीक्षणमा सहभागी एक व्यक्तिले भनेका छन्, “शरीरको गुमेको अङ्ग फिर्ता पाएजस्तो महसुस भयो।” यसले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पुनः स्वतन्त्रता दिने नयाँ सम्भावना देखाएको छ।

ठूला कम्पनीहरूको साथ

Synchron ले Apple, Amazon, NVIDIA लगायतका ठूला प्रविधि कम्पनीहरूसँग सहकार्य गरी यो प्रविधिलाई अझ प्रभावकारी र प्रयोगमैत्री बनाउन थालेको छ। यो प्रविधिमा सोचमार्फतै iPhone, iPad, Vision Pro जस्ता उपकरणहरू चलाउन मिल्ने आधार तयार पारिँदैछ।

जुन प्रविधि विगतमा वैज्ञानिक कल्पना मात्र थियो — सोचेर मोबाइल वा उपकरण चलाउने — त्यो अब यथार्थ भैसकेको छ। मस्तिष्क र मेशिनबीच सिधा सम्पर्क स्थापित गरेको Synchron को Stentrode प्रविधिले सम्भावनाको नयाँ बाटो खोलेको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura