Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

यसरी लिनुहोस्, नागरिक एपबाट ट्राफिक सचेतना कक्षा !

आँचल नेपाल by आँचल नेपाल
जुलाई 14, 2025
0
nagarik app
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं ।अब ट्राफिक नियम उल्लङ्घन गरेपछि लिइने सचेतना कक्षा अनलाइनमार्फत लिन सकिने भएको छ। आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ‘नागरिक एप’ मार्फत सञ्चालन हुने यस सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार नियम उल्लङ्घन गर्ने चालकले जरिवाना तिरेपछि ट्राफिक कार्यालयमा पुग्नुपर्ने झन्झट हटेको छ। प्रहरीका अनुसार देशभर जरिवाना तिरेर पनि कक्षा लिन बाँकी रहेका चालकको सङ्ख्या ८३ हजारभन्दा बढी छ। यो समस्यालाई समाधान गर्दै सेवा प्रविधिमैत्री बनाउन अनलाइन कक्षा प्रभावकारी हुने विश्वास लिइएको छ।

कुन अवस्थामा लिइन्छ अनलाइन कक्षा?

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने, अत्यधिक गतिमा हाँक्ने, लेन अनुशासन नमान्ने वा रातो बत्तीमा गाडी चलाउने जस्ता कसुरमा कारबाहीमा परेका चालकले यो अनलाइन कक्षा लिन सक्नेछन्।

कसरी लिने अनलाइन कक्षा?

नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा सञ्चालित यो सेवा लिन निम्न प्रक्रिया पूरा गर्नुपर्नेछ:

  • पहिले तोकिएको जरिवाना भुक्तानी गरिएको हुनुपर्छ।
  • त्यसपछि ‘नागरिक एप’ खोली ‘ट्राफिक अनलाइन क्लास’ मा गई ‘जोइन क्लास’ मा ट्याप गर्नुपर्छ।
  • देखिएको नियम–सर्त पढेर दुवै कान देखिने गरी अनुहारको स्पष्ट फोटो अपलोड गर्नुपर्छ।
  • त्यसपछि भिडियो कक्षा सुरु हुनेछ, जुन तोकिएको समयसम्म पूरा लिनुपर्नेछ।

कक्षा लिने क्रममा मोबाइल क्यामेराले प्रयोगकर्ताको अनुहार निरन्तर निगरानी गर्नेछ। यदि १ मिनेटसम्म अनुहार नदेखिएमा वा क्यामेरा बन्द भएमा पहिलोपटक चेतावनी दिइनेछ र यो प्रक्रिया तीनपटक दोहोरिएमा कक्षा स्वतः रद्द हुनेछ।

कक्षाको अन्त्यमा सोधिने ६ प्रश्नमध्ये कम्तीमा ३ ओटाको सही उत्तर दिनुपर्नेछ। अनुत्तीर्ण भएमा ट्राफिक कार्यालयमा भौतिक रूपमा उपस्थित भइ कक्षा लिनुपर्नेछ।

कक्षा सफलतापूर्वक सम्पन्न गरेपछि जानकारी ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (TVRS) मा स्वतः अपडेट हुनेछ र नागरिक एपमा कक्षा पूरा भएको देखिनेछ।

परीक्षणमा ५ हजारले लिए अनलाइन कक्षा

परीक्षण अवधिमा ३९ हजारभन्दा बढी प्रयोगकर्ताले यो प्रणाली अवलोकन गरेका थिए भने ५ हजारभन्दा बढीले कक्षा सफलतापूर्वक लिएको प्रहरीले जनाएको छ।

तर, ग्रामीण क्षेत्रमा प्रविधिको सीमित पहुँच, दक्ष जनशक्तिको अभाव र नागरिकहरूमा प्राविधिक ज्ञानको कमीका कारण यो सेवा कार्यान्वयनमा चुनौतीपूर्ण हुने देखिएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

CCTV camera
टिप्स एण्ड ट्रिक्स

CCTV क्यामेरा किन्नुअघि ध्यान दिनुपर्ने ५ कुरा

अगस्ट 25, 2025
embossed Plate
टिप्स एण्ड ट्रिक्स

यस्तो छ इम्बोस्ड नम्बर जडान  प्रकृया ! 

अगस्ट 22, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura